शनिबार, जेठ ४, २०८२

मेगा बैंकले ६ महिनामा १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमायो

नेपालखोज २०७८ माघ ७ गते २१:२२

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३९ करोड ९९ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ३० करोड ४४ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १६ अर्ब १२ करोड चार लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ४१ अर्ब १८ करोड ४० लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४३ अर्ब ६० करोड ५५ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई अर्ब ६४ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव शुन्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ८२ कारेड ५१ लाख ७९ हजार रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने दुई दशमलव ६४ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३६ अर्ब ८९ करोड ३५ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ३५ करोड ५४ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा दुई अर्ब ६९ करोड ९८ लाख ३१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया