शनिबार, जेठ ४, २०८२

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आउँदै

नेपालखोज २०७८ माघ १४ गते १७:१२

काठमाडौं । जाल्पा सामुदायिक लघुजित्त वित्तीय संस्थाले पाँच करोड २२ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले यही माघ २१ गतेबाट विक्री प्रवर्द्धक प्रभु क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख २२ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

जारी गरिने कुल साधारण सेयर मध्ये शुन्य दशमलव पाँच प्रतिशत अर्थात आठ हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीहरुको लागि र पाँच प्रतिशत अर्थात् २६ हजार एक सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । यस बाहेक बाँकी रहेको चार लाख ८७ हजार नौ सय कित्ता सेयर भने सर्वसाधारण विक्री गरिने संंस्थाले जानकारी दिएको छ ।

खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम पाँच हजार दुई सय २० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् । अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाको जारी पुँजी १६ करोड रुपैयाँ रहेको छ ।

साधारण सेयरको विक्री पश्चात भने संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ नै पुग्ने छ । सेयर विक्री कार्य छिटोमा यही माघ २५ गते र ढिलोमा फागुन छ गते बन्द हुने संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया