आज क्रिसमसको सार्वजनिक विदा
नेपालखोज
२०७९ पुष १० गते ८:०३

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आज आइतबार क्रिसमस डे मनाइँदैछ। ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन्।
२०२२ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको दिनको अवसरमा सबैको कल्याण होस् भन्ने कामनासहित चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस मनाइन्छ।
क्रिसमसका अवसरमा पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहालगायत स्थलमा रमझम देखिएको छ । क्रिसमसको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ।
सम्बन्धित
प्रतिक्रिया