पाकिस्तानको मुद्रास्फीति एक वर्ष पहिलेभन्दा ३५.४ प्रतिशत बढी
नेपालखोज
२०७९ चैत १८ गते १७:४४
पाकिस्तान । पाकिस्तानको मुद्रास्फीति गत वर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको शनिबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ ।
उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको छ । मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) का मोहम्मद मजहरले बताए ।
पीबीएसका अनुसार, मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क मार्चमा ३.७ प्रतिशत बढेको छ । फेब्रुअरीमा उपभोक्ता मूल्य सूचकाङ्कमा ४.३ प्रतिशतको वृद्धि भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया