सोमबार, असार २३, २०८२

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० माघ १० गते ७:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४० पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ५६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया