राष्ट्रपतिले गरे दुवै सदनको अधिवशेन आह्वान, १२ गते बैठक बस्ने
नेपालखोज
२०८२ वैशाख ३ गते १४:३६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवशेन आह्वान गरेका छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १२ गते शुक्रबार अपराह्न १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्नेगरी सङ्घीय संसद्को अविधेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा संसद् अधिवेशन आह्वान गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया