मंगलबार, वैशाख १८, २०८१

नेप्सेमा चार अंंकले वृद्धि, कारोवार रकम एकै दिन छ अर्ब ९० करोड नाघ्यो

नेपालखोज २०७७ मंसिर ७ गते १६:३१

काठमाडौं । साताको सुरुवाती कारोवार दिन आज नेप्से चार दसमलव ६९ अंकले बढेर १७ सय ८२ दसमलव ८१ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई अंकले बढेर तीन सय ४७ दसमलवग सात अंकमा पुगेको छ ।

नेप्सेमा आज दुुई सय एक वटा कम्पनीहरुको ६३ हजार पाँच सय ७० पटकको कारोवारमा एक करोड ६० लाख ३४ हजार सात सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा कुुल कारोवार रकम छ अर्ब ९० करोड ६७ लाख २८ हजार तीन सय १५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक घटेर तीन वटा समुहको सुचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २९ दसमलव ४४ अंकले बढेर १३ सय ५१ दसमलव ९२ अंकमा चढेकोमा बिकास बैंक र अन्य समुहको सुचक पनि बढेका छन् ।

आज निर्जिवन बीमा समुहको सुचक भने दुुई सय ४३ दसमलव १४ अंकले घटेर नौ हजार तीन सय ६७ दसमलव ४९ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि दुुई सय ७८ दसमलव ८१ अंकले घटेर १० हजार आठ सय ४८ दसमलव पाँच अंकमा पुुगेको छ ।

यि बाहेक जलबिद्युुत, लघुुबित्त, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । आज सिटिजन्स म्युुचअल फण्ड २ को प्रति युनिट सेयर मुल्य १० प्रतिसतले बढेर नौ रुपैयाँ ९० पैसामा कारोवार हुँदा माउन्टेन हाईड्रो नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य आठ दसमलव ९३ पैसाले घटेर दुई सय चार रुपैयाँमा कारोवार भएको छ ।

त्यसैगरी आज बढी रकम कारोवार गर्ने नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता ११ सय ३८ रुपैयाँ अन्तिम मुल्यमा ५७ करोड ९१ लाख १९ हजार दुुई सय ६८ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया