मध्य र पूर्वी पहाडी बाहेकका अन्य सबै ठाउँमा आज मौषम सफा रहने
नेपालखोज
२०७६ पुष २६ गते ७:३३
२६ पुष, काठमाडौँ । जल तथा मौषम पूर्वानुमान महाशाखाका अनुसार आज मध्य र पूर्वी पहाडी बाहेकका अन्य ठाउँको मौसम सफा रहने छ ।
मध्य र पूर्वी पहाडी क्षेत्रको आकाश एकैछिन खुल्दै बादल लाग्दै गर्ने भए पनि अरु ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेकाले आज पानी र हिउँ भने कतै पनि नपर्ने उनले बताए । विभिन्न ठाउँमा अहिले लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटेर घाम लाग्ने मौसमविद् श्रेष्ठले बताए ।
काठमाडौँ उपत्यको आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १५ दशमलव ७ डिग्री सेलिसयस रहेको छ । सुर्यदयो बिहान ६ बजेर ५६ मिनेटमा भएको थियो भने सुर्यास्थ साझ ५ बजेर २७ मिनेटमा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया