आइतबार, वैशाख १४, २०८२

काठमाडौंका मेयर भन्छन् जनताका काम गर्न एकजुट हौ

नेपालखोज २०७६ पुष २९ गते १८:४८

२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार बिकास कार्यक्रमतर्फ ४५ करोड ६० लाख रुपैयाँ, सम्पत्ति खरिदतर्फ २७ करोड रुपैयाँ, सामाजिक बिकास कार्यक्रमतर्फ १ करोड ६७ लाख रुपैयाँसहित ६ शीर्षकमा संशोधन गरी छैटौं नगर सभा सम्पन्न गरेको छ ।

संशोधित बजेटमा स्वास्थ्य सम्बन्धि कार्यक्रमतर्फ ८ करोड ४४ लाख रुपैयाँ, शिक्षातर्फ ५० लाख रुपैयाँ र चालु खर्चतर्फ १ करोड रुपैयाँ संशोधन भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको रकम घटाएर तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रममा थपिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

नगरसभाले सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यबिधि ऐनमा संशोधन गरेर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था गरेको छ । यसअघि उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत आमन्त्रित सदस्य रहने व्यवस्था थियो ।

नगर सभामा उठेका प्रश्नको जवाफ दिँदै सभाका अध्यक्ष महानगर प्रमुख विद्यासुन्दर शाक्यले सवै जनप्रतिनिधि मिलेर जनतालाई लाभ हुनक काम गर्ने तिर लाग्न आग्रह गरेका थिए ।

प्रतिक्रिया