सारा र अक्षय एउटै फिल्ममा देखिदै, अक्षयले मागे १ सय २० करोड पारिश्रमिक
एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानको नयाँ फिल्म ‘लव आजकल–२’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा सारा कार्तिक आर्यनसँग रोमान्स गर्ने भएकी छिन् । भर्खर सार्वजनिक भएको ट्रेलर दर्शकहरुले निकै मन पराएका छन् ।
अहिले साराका फ्यानका लागि खुसीको खबर आएको छ । साराले निर्देशक आनन्द एल रायको फिल्म पनि साइन गरिकी छिन् । यो फिल्ममा उनि राँझणा फेम साउथ स्टार धनुषको साथमा देखिने भएकी छिन् । यस फिल्ममा सारा बेग्लै रुपमा देखिने भएकी छिन् ।
बलिउड सुत्रका अनुसर यस फिल्ममा सारा एउटी देहाती बिहारी युवतीको भूमिका निर्वाह गर्दैछिन् । फिल्ममा सारा भोजपुरी बोल्छिन् । सारा अहिले वरुण धवनसँग ‘कुली नं १’ को सुटिङमा व्यस्त छिन् ।
यो फिल्मको सुटिङ सकिए पछि उनि आनन्द एल रायको फिल्मको भूमिकाका लागि वर्कसपमा सहभागी हुने भएकी छिन् । सारा आनन्दको फिल्मका लागि भोजपुरी भाषा सिक्न व्यक्तिगत शिक्षकसमेत राख्ने भएकी छिन् । यस फिल्ममा अक्षय कुमार पनि काम गर्ने भएका छन् ।
अक्षयले यस फिल्मका लागि १ सय २० करोड पारिश्रमिक मागेका छन् । यस फिल्ममा कमेडीका साथै रोमान्टिक सिनसमेत देख्न पाइने भएको छ ।
प्रतिक्रिया