कंगना रनौतले भनिन् – दीपिका साइको
एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि उनको विषयलाई लिएर अनेक थरी विवाद भइरहेको छ । सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार बलिउड नायिका कंगना रनौत बी टाउनका दिग्गजमाथि आफ्नो बयानमार्फत् हमला गर्दै आएकी छिन् ।
नायिका कंगना फिल्म भन्दा आफ्ना तिखो बयानका कारण निकै चर्चित छिन् । उनलाई बलिउडमा हकी अनि निडर नायिकाको रुपमा हेरिन्छ । उनको निशानामा विभिन्न कलाकर्मी पर्दै आएका छन अब नायक रणबीर कपुर र नायिका दीपिका पादुकोण उनको निशानामा पारेका छन् ।
कंगनाले रणबीर कपुरलाई ‘स्कर्ट चेजर’ बताएकी छिन् जबकी दीपिका पादुकोणलाई ‘साइको’ बताएकी छिन् । कंगनाको समूहले यो ट्वीट एक प्रयोगकर्तालाई जवाफ दिँदै लेखेको हो । कंगना रनौतको टीमले लेखेको छ, ‘रणबीर कपुर एक सिरियल स्कर्ट चेजर हुन् तर कसैले पनि उनलाई बलात्कारी भन्दैन् । दीपिका मानसिक रोगी हुन् तर कसैले उनलाई साइको वा बोक्सी भन्दैन् । यस्तो नाम त सामान्य बाहिरी व्यक्तिका लागि आरक्षित छ जो सानो शहर र विनम्र परिवारबाट आएका हुन्छन् ।’
प्रतिक्रिया