बिहान सबेरै उठेर जगिंङ गर्दा फाइदै फाइदा
हरेक दिनको दौडाइ अर्थात् जगिंङले शरीरमा आखिर के फाइदा गर्छ रु अमेरिकाको मायो क्लिनिकलगायत केही स्वास्थ्य संस्थाहरुले लामो रिसर्चपछि नतिजा सार्वजनिक गरेका छन् ।
१. मांशपेशी स्ट्रेचिङ हुन्छ र बलियो बन्छ । हड्डी पनि मजबुत बन्छ ।
२. शरीरमा थुप्रिएको बोसो पग्लिएर पसिनासँगै बाहिरिन्छ र तौल घट्छ ।
३. पूरै शरीरमा रक्तसन्चार सहज हुन्छ । ब्लड प्रेसरको समस्याबाट मुक्ति मिल्छ ।
४. इन्सुलिन बन्ने प्रक्रिया ठीक भएर रगतमा सुगरको मात्रा कन्ट्रोल गर्छ ।
५. हर्ट बिट रेगुलर हुन्छ । मुटुरोगबाट बँच्न सकिन्छ ।
६. शरीरमा एडरालिन नामक हर्मोन सही प्रक्रियामा बन्छ र राम्रो निद्रा पर्छ ।
७. फोक्सोको पनि कसरत हुन्छ, स्वासप्रस्वाससम्बन्धी रोगबाट बच्न सघाउँछ ।
८. दिमागमा रगत र अक्सिजनको सन्चार राम्रोसँग हुन्छ । डिप्रेसन र स्ट्रेसको समस्या हुँदैन ।
९. शरीरका कोशिकाहरु बलिया हुन्छन् र इन्फेक्सनबाट बचाउँछ ।
१०. अनुहारमा रक्तसंचार राम्रो हुँदा प्राकृतिक चमक आउँछ ।
प्रतिक्रिया