संसार भर डरै डर

ती मानिसहरु जाे काममा लागेका छन्
उनीहरु भयभित छन् कि
उनीहरुकाे जागिर खुस्किन सक्छ
जाे बेराेजगार छन् उनीहरु पनि भयभित छन्
कतै उनिहरुले कहिल्यै काम नपाउने हुन कि ?
जसलाई चिन्ता छैन भाेककाे
उनीहरु चिन्तित छन्
मिष्ठान्न भाेजनलाई लिएर
जाे भाेका छन् उनीहरु भयभित छन्
कतै साँझकाे छाक नटर्ने पाे हाे कि ?
लाेकतन्त्र भयभित छ
समस्या सम्झना दिलाउनेहरुसँग
भाषा भयभित छ आवाज उठाउनेहरुसँग
आम नागरिक भयभित छन् सेनासँग
सेना भयभित छ हात-हतियारकाे कमीसँग
हतियार भयभित छ युद्धको कमीबाट
याे भयकाे समय हाे
महिलाहरु भयभित छन् हिंस्रक पुरुषसँग
अनि पुरुषहरु भयभित छन्
निर्भीक महिलाहरुसँग
चाेरकाे भय, पुलिसकाे भय
भय, बिनातालाकाे ढाेकाकाे
घडी बिनाकाे समयकाे
बालबालिकाकाे भय
माेबाइल बिनाकाे संसारकाे
भय निद्राको गाेली बिनाकाे रातकाे
भय दवाईबिना सुरु नहुने दिनकाे
भिडकाे भय, एकान्तको भय
भय त्यसको कि, पहिले के थियाे ?
र अब के हुन्छ वा के हुन सक्छ ?
मृत्युको भय, जीवनकाे भय ।
(भावानुवाद)
प्रतिक्रिया