बिहीबार, जेठ ३, २०८१

एउटा गीतमा उठेको तुफान !

नेपालखोज २०७८ माघ २५ गते १८:२५

काठमाडौं । संगीतकार सुरेश अधिकारी लेख्छन्- अन्जु पन्त मैले टीका लगाएकी बहिनी हुन् तर आफ्नो बहिनीको पक्षमा वकालत गर्ने उद्देश्य कदापि हैन यो पोस्टको । हामी स्रष्टा कलाकारको अधिकारको दुहाई दिने स्वघोषित अभियन्ता पनि हौं । स्रष्टा होस् या एउटा अभियन्ता, उसको कर्तव्य फूलमाला लगाएर मन्चमा गजधम्म आसिन हुन मात्रै जान्ने मपाईंहरुभन्दा अलि फरक हुनुपर्छ र सत्यको पक्षमा एउटा आवाज दिन सक्नुपर्छ भन्ने मान्यताका लागि पनि हो । रचना रिमाल छोरी पुस्ता की अब्बल गायिका हुन्, उनलाई विवादमा तान्नु हुन्न । तर अन्जु पन्तको गायकी त्यो गायकी हो जसको आवाजले धेरै रचनाहरुलाई गायनको असली मार्गमा डोहोर्‍याएको छ । अहिलेका पुस्ताका प्राय: सबै सुगम गायिकाहरुकी आदर्श हुन अन्जु, आफूलाई संगीतकार दाबी गर्ने हामीजस्ता धेरै अनाडीहरुलाई सुरका खेलाडी बनाउन पनि अन्जुको उत्तिकै योगदान छ । जताततै कभर सङलाई प्रतिलिपि अधिकारको दायरामा ल्याउने प्रयास पनि हुँदै छन् । यस्तो बेला विपिन किरण रचित र महेश खड्काद्वारा संगीतबद्ध अनि अन्जुको गायन रहेको सर्वाधिक चर्चित गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’ रचनाको आवाजमा उहीँ ओरिजिनल ट्र्याकमा अफिसियल भनेर देख्दा बहुतै दु:ख लाग्यो, यसले एउटा पुरानो घटनाको याद पनि दिलायो म र संगीतकार महेश खड्का बम्बईको स्वर लता स्टुडियोमा थियौं । त्यहाँ विश्वविख्यात भारतीय गायिका सुरसरस्वती लता मंगेशकर ज्यूसँग हाम्रो भेट भएको थियो । लताजीले आफ्नो आवाजमा केही नेपाली गीतहरु गाउन पाएको र आफूलाई भाग्यमानी सम्झिने गरेको तर अहिले ती गीतहरु धमाधम नया आवाजमा रेकर्ड हुन थालेको भन्ने सुनेर आफूलाई बहुतै दु:ख लागेको र आफू जिउँदै मरेको महसुस गरेको बताउनु हुँदा महेशजी र मैले पनि साह्रै पीडा महसुस गरेका थियौं । अझ महेशजी निकै भावुक हुनुभएको थियो । आज महेशजीकै कम्पोजको गीत यसरी एउटा महान् नेपाली गायिकाको आवाजको अवमूल्यनको घटनामा मुछिनु हामी दाजुभाइ (महेशजी र म) को लागि सुखद म कदापि मान्न सक्दिनँ । कानुन र न्यायका कुरा बिस्तारै कोट्याउँदै जाउँला । फेरि यसबारे प्ररम्भिक रुपमा कानुनी आवाज उठाउने नैतिक जिम्मेवारी स्वयं अन्जु र प्रस्तोता समाज नेपालको हो । अहिले मात्रै विवेक प्रदर्शन गरेर त्यो कभर सङबाट अफिसियल दाबी हटाएर सबै गायक गायिकाको सम्मान गर्न सम्बन्धित सबैमा हात जोडेर विनम्र अनुरोध मात्रै गर्न सकियो ।
यस गीतका संगीतकार महेशजीलाई यसतर्फ केही कदम चाल्न मेरो विशेष अनुरोध पनि ।

अब हेरौं यसमा आएका केही प्रतिक्रिया :
यसमा गायक गायिकाको पक्षबाट हेर्दा यो कुरो जायज छ दाइ, तर कम्पनीको पञ्जामा परेका गीत उकास्न यो बाध्यता छ । त्यो कोणबाट गरेको हो भने बिपिन किरण जीले ठूलो साहस गर्नु भा हो । यो लडाईं हामीले पनि लड्नु पर्ने छ । रोयल्टी संकलन समाज त श्रष्टाको पक्षमा छैन यहाँ, अरू त के कुरा । रोयल्टी संकलन समाज प्रभावकारी भएको भए, खसी बाख्रा जसरी मोलमोलाइ गरेर आर्थिक अधिकार हडप्ने कागजमा हामीले सहि गर्नुपर्ने थिएन ।
सरोज केसी

यो कभर सभरको नामले गर्दा नेपाली संगीतमा उकृष्ट श्रस्टाहरु पलायन हुने स्थिति बन्दै गयो सम्बन्धित निकायहरुको ध्यान जान जरुरी छ।
विश्व दोङ तामाङ

यत्रो बहस के का लागि ?? यो गीत गायिका अन्जु पन्तको हो कि ? गीतकार विपिन किरण को हो ? गायिकाले अनुदानमा गाएको कि बोल कबोल अनुसार गाएको ? फ्री मा गायको भए यस्मा धेरै कुरा हुन सक्छ ! पोल्टा भरी पैसा थापेर गायको भए गीतकार/संगीतकार/ अनि गायिकाबीच गीत बजारीकरण हुनु पुर्ब सर्त र सम्झौता पनि भएको होला नि? त्यो बिसयमा कहि कतै बहस छैन त किन?? एउटा गीत सृजना गर्न तेस्लाइ लय बध्द गर्न र आवाज दिएर आफ्नो गीत बजार सम्म ल्याउन एउटा गीतकार ले आफ्नो पुजि लगानी गरेको हुन्छ तेस्को लेखाजोखा पनि हुनु पर्ने होला नि ! नेपाली गीत सन्सार मा गीतकार लाई मुर्गा बनाएको हुन्छ हरेक कुरामा आफ्नो गीत बजार सम्म ल्याउन । संगीतकार लाई पालेको हुन्छ । बाजा गाजा बजाउने लाई एरेन्ज गर्नेलाई स्टुडियोलाई पत्रकार लाई अनि मिडिया लाई पालेको हुन्छ यो कुरा चाहिँ किन बुझ्ने प्रयास हुन्न नेपालमा । १/२% गीतकार का गीत सित्तैमा बिना लगानी बनेका होला बाकी गीतकार मुर्गा बनेका र बनाइएका छन गीत चलोस न चलोस विचार निरीह गीतकार लगानी गरि गरि अरुको भान्सा चलाइ रह्न्छ ।। तेस्ता निरीह गीतकार प्रती मेरो नमन कमसेकम निरीह बनेर पनि नेपाली गीत संगीतको सेवा गरि रहेका छन । * न बिर्से तिमिलाइ * का गीतकार कति अघाएका छन वा भोकै त्यो उनको ब्यक्तिगत कुरो हो । अहिले भै रहेको बहस को वास्तविक तुक चाहिँ मैले देखिन । रचना ले बिपिन किरण को गीत गायको हो अन्जु पन्त को हैन । बुझ्नेले कसरि बुझ्ने त्यो आ आफ्नो कुरो हो ।
सुरेश कश्यप घिमिरे

सुरेश कश्यप घिमिरे, तपाईंको कुरामा दम छ । पैसा नै सबै चिज हो , साला पैसा यस्तो हरामी चिज रैछ पैसाको लागि पैसा वालाले जे पनि गर्नै पर्ने बाध्यतामा न पुर्याई शन्तोषको सास फेर्दैन । लगानी कर्ता जीन्दावाद पैसा लगानी गर्नेले जे पनि गर्न पाउँछ, अरुसङ्ग बहस गरे पनि म लगानी गर्ने सङ्ग चुँ गर्नै सक्दिन । “दैब पैसा कसले बनायो ” भन्ने गीत लेख्ने गीतकार पुस्तक प्रसादका सयौं गीतहरु पैसाकै अभावमा बिना रेकर्डिङ खिया परेका छ्न । बजारमा पैसाको पछाडि हात धोएर लाग्ने स्रष्टा कलाकार भए सम्म यीनलाई यसै गरि निचोर्दै फाल्दै गर्नु उत्तम हुन्छ ।
सुरेश अधिकारी

आदरणीय मितज्यू (सुरेश अधिकारी), नमन ! पैसा बोरा भरी बोकेर संगीत जगतमा आएका नक्कली गीतकार देखेर अनि किर्तिमानीको साइनबोर्ड झुन्डिएर गर्व गर्दै हिडेकाे देख्दा घिन लागेन हजुरलाई ?? यो जाच्ने परख्ने बस्तु नेपाली गीत संगीत क्षेत्रमा न भएकै हो त ? किन नेपाली संगीत क्षेत्रमा विद्वान र अग्रज को समूह बिलिन भएकै हो त अब ? राम्रो सङ्ग नराम्रो दाजिनु पर्ने हो तर याहा नराम्रो सङ्ग राम्रो तुलना गर्ने चलन चलेको छ पैसामा बिकेर । जे जस्तो होस एक दिन हर हिसाब हुन्छ कुनै काल खन्डमा! १००%अरुको लगानी रहेको अर्काको सम्पत्तिमा आँखा लगाउनु कानुन सम्मत छ कि छैन त्यो मुल कुरा हो । एउटाको सम्पती को एक अंश अर्कोलाइ सापट दियो भनेर बिबाद गर्नु कतिको न्यायोचित होला ? मैले न बुझेको यहि नेर मात्रै हो । यहाँ को ठुलाे को सानो भन्ने विषयमा म प्रबेश गर्न नै चाहन्न सर ! हजुर लाई एउटा अनुरोध अनि आग्रह नया कलाकार लाई माथी ल्याउनु पर्छ भन्ने हजुरको सिद्धांत अनुसार * रचना * माथी अन्याय न होस । बाकी अरुको भाग बन्डा को कुरो हो हामी बिचमा किन । जय होस । शुभ होस ।
सुरेश कश्यप घिमिरे

सुरेश कश्यप घिमिरे , सर्पको खुट्टा सर्पले देख्छ,स्रष्टाको कुरा स्रष्टाले बुझ्छ । यहाँको सबै कुरा स्वागत गर्दै एउटा कुरा प्रष्ट पार्न चाहान्छु कि रचना रिमाल वा अन्य नयाँ पुस्ताका प्रतिभाशाली गायक गायिकालाई प्रोत्साहन गर्न म कहिल्यै पछि पर्दिन । रचना रिमाल आज कि अन्जु पन्त नै हुन र अन्जु पन्त हिजो कि रचना रिमाल हुन प्रतिभा धेरै थोरै आफ्नै ठाउमा छ भुमिकामा दुबै राम्रा र साधनारत गायिका हुन । म रचना रिमालको प्रतिभाको प्रसंशक हु र हाम्रो धेरै सहकार्य भएका छन र भबिष्यमा अबस्य निरन्तर भै रहनेछन । र अहिलेको प्रकरणमा रचना रिमालको कुनै दोष पनि छैन उनलाई कुनै गीत गाउन अफर आयो गाईदिइन कुरा सक्कियो । कुरा यत्ती मात्रै हो हिजो आफ्नो बर्षौको साधनाले खारिएको आवाज दिएर यस्तो लोकपृयता दिलाउन मदत पुर्याउने यश गीतकी ओरिजिनल गायिका अन्जु पन्तलाई सम्झिनु वा उल्लेख गर्नु निर्माण पक्षको दायित्व भित्र पर्छ कि पर्दैन ? के गायक गायिकाहरु ज्यालामा काम लगाएर बिर्सन लायक खेताला मात्रै हुन त ? भोलि रचना रिमालहरुको योगदानको सुरक्षाको प्रत्याभुती दिन्छ त यो प्रकरण ले ? बस यत्ती हो मेरो भनाई ?
सुरेश अधिकारी

आदरणीय संगीतकार सुरेश अधिकारीज्यूको अभिव्यक्तिप्रति मेरो पूर्ण समर्थन छ । अन्जु पन्त नेपालले गर्व गर्न लायक अद्भुत कलाकार हुन् । उनको कलाको अपमान हुनु भनेको नेपाली संगीतकै अपमान हो । उनले गाएको ” नबिर्से तिमीलाई …” गीत अरु जुनसुकै गायक / गायिकाले गाएता पनि अन्जुको स्तरमा गाउन सक्छन् जस्तो मलाई लाग्दैन । नेपाली हो ! देशको प्रतिष्ठा बढाउने आफ्ना कलाकारको सम्मान गर्न सिकौं । मरेपछि वाँचेकाले सम्झिने यही असल काम, कला र साहित्यका माध्यमवाट हो । हामी सबैलाई सद्बुद्धि प्राप्त होस् । आज व्रम्हलीन भएकी महान गायिका लतालाई संसारभरका मान्छेहरुले उनको सुमधुर स्वरलाई सुनेर, सम्झेर आँसु बगाइ रहेका छन् । हामीले पनि यो संसारमा के छोडेर जाँदै छौं ? मुटुमाथि हात राखेर सम्झौं । अरुको प्रतिभाको ईर्ष्या र अपमान होइन, सम्मान गर्न सिकौं ।
महेशविक्रम शाह

यता पनि नजर लगाउ बिपिन किरण ब्रो । कहाँ अन्जु पन्त कहाँ त्यो रचना आकाश पाताल को फरक तुलना हुन सक्दैन।यो गजल अन्जु पन्त भन्दा राम्रो अरु कसैले गाउन सक्छ होला सायद कसैले सोच्न सक्दैन । बिपिन ब्रो को दिमागमा गोबर भरिएछ बरु ।
दिपेन श्रेष्ठ

कुनै प्रोग्राममा गाउनु,
कसैको अनुरोधमा गायन स्वीकारिनु,
मन पर्ने गीत छनोटमा परी
हृदयंगम गरिनु
बार-बार आफ्नो छनोट र पारीनु प्रथमिकता दिनु एउटा कुरा
तर कृतिको मर्म र मेन धारलाई नै पुरा न्यान गर्न नसक्नु चाँही अलिक दुखद् कुरा हो, कमी कमजोरी सबैको हुन्छ यसमा मनन् गरेर क्षमा याचना लाई प्राथमिकता मा राखी सबै श्रष्टा र सृजनालाई सम्मान गरौं।
निरुशा

दुखको कुरा ! सम्पूर्ण राइट्स पनि किरन क्रियसन मा निहित पो भन्छ त ! ओरिजिनल श्रष्टाले कवर भनेर गरेको भए अर्को कुरा तर अरुले गरेर ओरिजिनल श्रष्टा मार्ने काम भयो ! अचम्म छ बा !
पृथ्वी राना मगर

सुरेशजी !! एकदम सहि कुराको उठान गर्नु भएको छ । अहिले कभर सङ्ग भन्दै पुरानो श्रष्ठाहरुकाे मानमर्दन गरिदैछ । यो विकृतिलाई कुनैपनि हालतमा हटाउनुपर्छ ।
गुरुङ कृष्ण

पुरानो ओर्जिनल गायक र सर्जक को नाम राख्दै कभर सँङ भनेर निकाले भए हुन्थ्यो त्यो पनि अनुमति त चाहिन्छ होलानी कि कसो होर , यसरी मिचेर ,थिचेर गाउदा अग्रज कलाकार को मुख मा टेकेर गाए जस्तो महसुस हुदैन र, रचना बैनी को आवाज मा दम छदै छ तर बहिनी मा कुनै आच आउने काम अरु ले प्रयोग नगरे हुन्थेन र भन्ने मेरो सानो बुझाई मात्र हो।
बीबी मल्ल ठकुरी

कुनै श्रष्टाद्वारा गाइएको गीतलाई जीवित जन मानुस ले गाउनु गुनगुनाउनु , अझ उदाउदा गायक गायिका हरुले फरक ढङ्गबाट पस्कनु त्यो एउटा पक्ष हो तेसो गर्न पाउनु पर्छ तर कसैको ब्यक्तिगत सम्पति चाहे त्यो मानसिक सन्तुलन गुमाएको ब्यक्तिले शृजना गरेको संगीत होस या त हामि सजन द्वारा निर्मित गीत संगीत हरु होस, अनि जो पहिले नै चर्चा परिचर्चा हासिल गरिसकेको अथवा ओझेल मै परेको होस तर येस्ता कृति हरुलाइ जो कोहिले पनि आफ्नो ब्यतिगत सम्पति सम्झेर अफ्नो अफिसियल भनेर समाजिक सन्जालमा लगाउछन भने यो कुरा कदाचित मान्य हुने छैन। गल्तिले भएको हो भने बैनिल्र माफि मागि सुधार्नु पर्यो होइन भने कार्वाहि गर्नु पर्छ।
तपराज सुनाम

जगदीश समालको मेल आवाज अनि अन्जु पन्थको फिमेल आवाजमा रहेको न बिर्से तिमिलाई न पाएँ तिमिलाई, उहाहरुले जस्तै न्याय गरेर नगाएको कारण धेरैको टीका टिप्पणीहरु छन्, कमि कमजोरीहरु छन् ! रचनाले कभर गाउन कोसिस गरिन उनिलाई धन्यवाद !
शरद पाण्डे

यो विषय गलत छँदै छ यसो हुनु गलत नै हो। यस बाहेकको अरु थुप्रै बिकृती विसंगतीहरु पनि नेपाली संगीत क्षेत्र भित्र छन् र देखेर पनि नदेखे जस्तो गर्नु पर्ने बाध्यताहरु छन् त्यसको पनि भन्डाफोर हुन जरुरी छ।
स्रस्टा सर्जकका विषयमा मात्रै सधै कुरा उठेको देख्छु तर प्राविधिकहरु(Studio,recordist,Arrangers) ले भोगेका/पाएका दु:ख र पिडाहरु कस्ले बोल्दिने होला ? संगीत क्षेत्रमा सबभन्दा पीडित पक्ष प्राविधिकहरु छन् ।
गंगाराज राई

लगानीकर्ता ठूलो हो दाजै ! गीत हिट भए गायक गायिकालाई जस जान्छ तर गीतकार संगीतकार ओझेल। मेरो बिचारमा गीतकार बिपिन किरण जीले गायिका तथा संगीतकारसंग सल्लाह गरेर यो न्यु भर्सन ल्याएका होलान् । मात्र गल्ती भिडियोमा अर्जिनल श्रष्टाको नाम राखेन होला । यसमा गायिका जिले अर्जिनल नाम राख्देउ भन्न पाउनु हुन्छ ।
दिलीपराज सागर

रचनाको रिमाल बैनीको आवाजमा मैले नि सुने
यसो सबै डिटेल्स सबै हेरे
कभर भनेर पनि भनिएको छैन लेखिएको छैन
अफिसयल नै छ
यस्तो नि हुन्छ र भनेर सोंचे
भित्री के हो थाह छैन
सम्बंधित स्रष्टाहरू संगको अनुमतिमै हो यै हैन थाह छैन
रचना बैनी आफ्नै गीतहरु बाट हिट भैसकेकी उनलाई यसरी गाउनु नि जरुरी थिएन जहाँ सम्म ।
राज लामा

आशा छ रचना पनि खारिदै जानेछिन, उनी पनि गलाको मीठो धनी हुन।ठाउँठाउँम हल्का मिड्की लिइएको रैछ ठिकै लाग्यो।तर खारिएको अन्जुकै पुरानो मीठो लाग्छ।हिट सृजनालाई अझ मिठास पन दिइनु पर्थ्यो।
बाबुराम राई

सही कुरा उठाऊनु भयो तर यो विषयलाई बिट मार्ने सही मनुवा आज सम्म जन्मेको छैन जस्तो लाग्छ कारण नेपालमा कपी राईटको पूर्ण अधिकार बनेको र लागु भएको छैन त्यसै कारण ओरिज़िनल सृजनाको दिन-दिन हत्या भई रहेक़ो छ र यसको कानुनी ऊपचार छैन ।
रचना बैनीले अन्जु पन्तको गीत गाएको यसैको निरन्तरता हो ।
किरण टी लिम्बू

कभर वा रिमेक केही भन्नुपर्थ्यो,नयाँ स्वरुपमा जसरी आएपनी मुल गायकको नाम राख्नैपर्छ ।
विमल डाँगी

मेरो बिचार मा यदि रचना रिमाल ले कभर सांग गरेकी हुन भने के को विवाद ? अंजु पंत ले पनि त लता मंगेशकर को तुझसे नाराज़ नहीं जिंदगी को कभर सांग गरेकी हुन केहि वर्ष पहिले ।
रितेश अर्याल

रोयल्टीका चार पिल्लर भन्ने अभियान्ता हरुबाट नै यसरी प्रस्तोताको अधिकार हनन गर्ने हो भने भोलिको दिनमा यो बिकृतिको रुपमा परिणत हुन्छ र कलाकार बिच मतभिन्नता शुरुहुन्छ , यसले संगीत क्षेत्रलाइ नै असर गर्छ।
ईश्वरप्रसाद बस्याल

श्रस्टा सर्जकहरु बाटै लथालिङ्ग प्रबिधि आएको होकि जस्तो महसुस भएको छ। नबिर्से तिमिलाइ न पाए तिमिलाइ बिना अर्थ दिलमा सजाए तिमिलाइ। नब गायिका रचना रिमालको आवाजमा पुनः रेकर्ड गराइ अफिसियल रुपमा सार्बजनिक गर्नुनै गायिका अन्जु पन्तको खिल्ली उडाउनु हो। कभर हो भनेर सार्बजनिक पाइन्छ । तर अफिसियल हो भनेर सार्बजनिक गर्नुचाही मेरो पनि आपत्ति जनक छ। दुबै गायिका अन्जु रचना प्रती उतिकै माया अनि स्नेह छ।
युवराज

गायिकाहरुलाई मतलबै छैन तर मलाई खाना रुचेन । उ बेला “बनमा फूल्यो फूलै फुल”, “म प्यार बेचिदिन्छु ” लगाएत गीत अन्जु पन्तले रिमेक गाउदा चित्त बुझेको थिएन आज आएर न बिर्से तिमिलाइ रचनाले गाउदा पनि चित्त बुझेन बिचरा म ।डलर कमाउन प्रोडुसरले रिमेक गाउन लाउछन त के गर्नु म चै भबनामा डुबेको डुबेकै ।
दशरथ किरण

प्रतिक्रिया