शुक्रबार, वैशाख ७, २०८१

‘भारतीय फेसन ट्रेन्ड रुचाउँछन् नेपाली’

नेपालखोज २०७८ चैत ९ गते ११:२९

अचेल हामीले बजारमा थरीथरी डिजाइनका लुगाहरू पसल पिच्छे भेट्छौं । अझ हरेक सिजनअनुसारका डिजाइनर पहिरनहरू हामीले बजारमा जताततै भेट्न सक्छौं । पहिला-पहिला सामान्य टेलर अथवा दर्जीकामा सिलाइएको सामान्य डिजाइनको लुगा लगाउने हामी अहिले भने स्पेसल डिजाइनिङ पढेका, जानेका डिजाइनरहरूबाट डिजाइनिङ गरिएका लुगाहरू लगाउन थालेका छौं । तर हरेक कुरामा परनिर्भर हामी नेपाली डिजाइनरलाई चाहिने सामग्रीका लागि पनि परनिर्भर छौं । सानोभन्दा सानो सामान पनि हामीले विदेशी मुलुकबाटै आयात गर्नुपर्छ । ‘नेपालखोजमा नारी’को आजको अंकमा हामी पहिरन अनि डिजाइनिङको सन्दर्भमा केन्द्रित भएर कुराकानी गर्दै छौं ।
‘नेपालखोजमा नारी’ कार्यक्रममा हामीले युवा महिलाहरूले समाजमा पुर्याएको योगदानका विषयमा चर्चा-परिचर्चा गर्ने गर्छौं । यो कार्यक्रम नेपालखोज आइनलाइन टीभी नेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ । महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले हामीले ‘नेपालखोजमा नारी’ कार्यक्रमको सुरुवात गरेका हौं ।
‘नेपालखोजमा नारी’ को आजको अंकमा फेसन के हो ? नेपालीहरूले कस्ता पहिरन बढी रुचाउँछन् र डिजाइनरहरूको समस्यालगायत विषयमा छिरिङ शेर्पासँग मीरा साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ श्रेष्ठसँग गरिएको कुराकानी :

हाइलाइट्स :
-मानिसको पहिचान पहिरनबाट पूर्ण रूपमा नभए पनि हाम्रो जीवनको एउटा महत्त्वपूर्ण पाटो हो । हामीले आफ्नो स्वभाव, इच्छा अनि पेसाअनुसार पहिरन गर्छौं ।
-फेसन एउटा ट्रेन्ड हो, जे चलिरहेको छ मार्केटमा । मानिसहरूले रुचाएको कुराहरूलाई हामी फेसन भन्छौं ।
-सामान्य भाषामा भन्दा हामी फेसन भन्नेबित्तिकै लुगालाई मात्रै बुझ्छौं तर, बजारमा आएका नयाँ कुराहरू सबै फेसन नै हो ।
-नेपालीहरू बलिउड फिल्महरूबाट बढी प्रेरित छन् । त्यही भएर पनि भारतमा चलेको ट्रेन्ड नेपालीले रुचाउँछन् ।
-लुगा तयार गर्दा चाहिने सानोभन्दा सानो सामानका लागि हामी परनिर्भर छौं । हरेर सामान बाहिरी मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ ।
-अझै पनि छोरीहरूले डिजाइनरको काम सिक्छु भन्दा पारिवारिक सपोर्ट हुँदैन । कामप्रति नेपालीको सोचाइमा अझै परिवर्तन आउन सकेको छैन ।

‘नेपालखोजमा नारी’ का अघिल्ला अंकहरू पढ्न छुटाएको भए हेर्नुहोस् ।

‘सानोमम्मीले टेम्पो चलाएको देख्दा मलाई पनि रहर जाग्यो’

‘पर्यटन क्षेत्रमा ६० प्रतिशतको रोजगारी गुम्यो, ८० प्रतिशतले तलबै पाएनन्’

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

प्रतिक्रिया