चलखेल गर्छन्

आचार्य प्रभा २०७९ जेठ ७ गते ७:१७

कसैलाई दबाउन चलखेल गर्छन्
अडिगलाई हल्लाउन चलखेल गर्छन्

जहाँतहीँ षड्यन्त्र हाबी छ हजुर
भ्रष्टलाई जोगाउन चलखेल गर्छन्

जालसाज गर्दै पनि अनेक थोक
सहीलाई धपाउन चलखेल गर्छन्

परिबन्ध जसलाई पनि पर्न सक्छ
निर्धालाई फसाउन चलखेल गर्छन्

भित्री मन स्वच्छ भए पनि यो घडी
सोझालाई तर्साउँन चलखेल गर्छन् ।
-अमेरिका

प्रतिक्रिया