उत्तरपश्चिम चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

नेपालखोज २०७९ भदौ ६ गते ७:०३

सिनिङ । चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा भारी वर्षाका कारण आएको हिमाली आँधीबाट मृत्यु हुनेको संख्या बेलुका ४ बजेसम्म २६ पुगेको बताइएको छ । साथै अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

राति १०-२५ बजेबाट सुरु भएको भारी वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजार २४५ बासिन्दा प्रतयक्ष प्रभावित भएका छन् ।

मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भई बाढी गाउँ परवेश गरेको थियो । यसअघि बेपत्ता भएका २३ जनाको पनि उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः चालु भएको छ भने सडक र पुल पनि सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया