शुक्रबार, वैशाख १४, २०८१

तक्मा नदेऊ !

अर्जुन पराजुली २०७९ असोज ४ गते १४:५२

गाली देऊ !
अपमान देऊ !
झुटा मुद्दा देऊ !
त्यतिले पनि धीत मरेन भने
बरु जेल देऊ !
सरकार !
तिमीले मलाई तक्मा नदेऊ !
तिमीले तक्मा दियौ भने
दुनियाँका अगाडि मैले
मुख कसरी देखाउनु ?


अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया