नेपाल खोज दिनभरी : पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन देखि काठमाण्डौं प्रशासनको टाइम कार्डसम्म

नेपालखोज २०७९ पुष २१ गते २२:०२

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए । पुरा पढ्नुहोस् ।

साढे ५ महिनामा काठमाडौं महानगरले उठायाे ४ अर्ब ३४ करोड राजस्व

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरुले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । पुरा पढ्नुहोस् ।

बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पुरा पढ्नुहोस् ।

प्रधानमन्त्रीद्वारा मूल्य कटौती गर्न निर्देशन

नेप्सेको उच्च बृद्धिले साताको अन्तिम कारोबार दिन आज (बिहिबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै ६५ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन १७ दशमलव ९२ अंकले बढेर २१ सय ४३ दशमलव ७६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले बढेर चार सय ११ दशमलव ३३ अंकमा पुगेको छ । पुरा पढ्नुहोस् ।

१७ अंकले नेप्से बढ्दा पाँच अर्ब भन्दा बढीको सेयर किनबेच

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । पुरा पढ्नुहोस् ।

ज्ञानेन्द्र र मिश्र भेट

जुम्लाको तिला गाउँपालिका–३ स्थित श्रीवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुरा पढ्नुहोस् ।

जुम्ला : अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

विहीबारको मन्त्रिपरिषद बैठकले सरकारले ७ जना सचिवहरुको सरुवा गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरुको सरुवा गरेको हो । पुरा पढ्नुहोस् ।

७ जना सचिव सरुवा, को कहाँ पुगे ?

विश्वका धेरै मेघासिटीहरू तीव्र जनसंख्या वृद्धि, प्रदूषित हावा, पानीको कमी एवं जलवायु परिवर्तनसँग जुधिरहेका छन्। इन्स्टिच्युट अफ इकोनोमिक्स एन्ड पिसले भारी दबाबको सामना गरिरहेका महानगरहरूको एउटा सूची तयार गरेको छ । पुरा पढ्नुहोस् ।

संकटमा संसारका महानगरहरु

रकेटको सहायताले उड्ने र ब्रह्माण्डको परिक्रमा गर्ने, ग्रह, ताराहरू हेर्ने यो कामका बारेमा कुरा सुन्दैमा रोमाञ्च जागृत हुन्छ तर यसमा जोखिम पनि उत्तिकै छ । अन्तरिक्षमा काम गर्ने सपना देख्नेहरू धेरै छन् । आखिर यी अन्तरिक्ष यात्रीहरूले कति पैसा पाउँछन् त ? पुरा पढ्नुहोस् ।

अन्तरिक्ष यात्रीहरूकाे तलब कति हुन्छ ?

दमन रुपाखेतीसहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् । पुरा पढ्नुहोस् ।

‘मुन्द्रेको कमेडी क्लब’मा प्रियंका कार्कीको ईन्ट्री

चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को संक्रमण देखिने गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को संक्रमण पनि हुन पुग्छ । यस्ता संक्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने सम्भावना रहन्छ । कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला जाडो यामको सुरुवातसँगै बालबालिकामा ‘रोटा भाइरस’को संक्रमण देखिने गरेको बताएका छन् । पुरा पढ्नुहोस् ।

जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ को डर

जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनेछन् भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । पुरा पढ्नुहोस् ।

काठमाडौं प्रशासनको सेवामा ‘समय कार्ड’ : प्रजिअले गुनासो सुन्ने

प्रतिक्रिया