मंगलबार, जेठ १, २०८१

एनआईसी एशिया : पहिलो पटक डिजिटल कारोबार गर्दा १४ प्रतिशत क्यासब्याक

नेपालखोज २०७९ माघ २८ गते १२:३६

काठमाडौं । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाईन डे को अवसरमा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैंक योजना सार्वजनिक गरेको छ । यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहक महानुभावहरूलाई लक्षित गरेर ल्याइएको हो ।

२०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्युआर कोड तथा पस मेसिनमा पहिलो पटक कारोबार गर्नेे ग्राहकहरूलाई १४ प्रतिशत वा अधिकतम दुई सय रुपैंयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ । साथै, बैंकले यसरी कारोबार गर्ने मध्ये २० जना भाग्यशाली ग्राहकहरूलाई भ्यालेन्टाईन डे को दिन अर्थात् २०७९ फाल्गुन २ (२०२३ फेब्रुअरी १४) मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाईएको छ ।

काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहक महानुभावहरूको लागि वहाँहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइनेछ । यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । बैंकले मुलुकभर तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटिएम, एक सय छ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैंयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रिया