आइतबार, जेठ ६, २०८१

५५ वर्ष अगाडिको नेपाली ‘भ्यालेन्टाइन-डे’

सुनिल उलक २०७९ फागुन २ गते १८:१२

एउटा पुरानो तस्विरमा भ्यालेन्टाइन शब्द देख्दा अनौठो लाग्छ । हामी नेपालीले चौध फेब्रुवरीको दिन भ्यालेन्टाइन मनाउन थालेको धेरै भए जस्तो लाग्दैन । तर यो ५५ वर्ष अगाडीको तस्विरमा साना छात्राहरुले आफ्नो शिक्षकलाई मेरो भ्यालेन्टाइन बनिदिनु भन्न खोज्दा यसरी लजाएको देखिन्छ कि साँच्चै पहिलो पटक कसैलाई प्रेम प्रस्ताव गर्दैछिन ।

खैर, यि साना बालिकाहरु हुन् । र यो समय प्रेमीको लागी भ्यालेन्टाइन डे मनाउन थालिसकेको थिएन । सायद, भ्यालेन्टाइन-डे को महत्व बारेमा विदेशी शिक्षकले सुनाएपछि पहिलो पटक शिक्षकलाई नै भ्यालेन्टाइन बन्न अनुरोध गरिदिए । तस्विर त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय, त्रिशुली, नुवाकोटको हो । साना नानीहरु बिद्यालयको पोशाकमा देखिन्छ ।

तस्विरमा सबैभन्दा लजाएकी बाँयाबाट दोश्रो कपाल लामो बाँटेकी नानीको नाम रुक्मणी अमात्य हो । वहाँको उमेर अहिले अन्दाजी ६५ पुग्यो होला । समय निकै बितिसक्यो । बिबाह गरेर नातिनातिनी खेलाउने बेला भइसकेको होला । बिहे पछि त्रिशुलीबाट बाहिरिन पनि सक्नुहुन्छ वा कतै त्रिशुलीमै पनि हुनसक्छ ।

तस्विरमा देखिएका अनुहारहरु सबै थाहा पाउन सकिएको छ । तस्विरमा बाँयाबाट नानी देवी शाक्य, रुक्मिणी श्रेष्ठ अमात्य, विमला बज्राचार्य, सुलोचना श्रेष्ठ, कृष्णा सैंजु अमात्य, देबमया श्रेष्ठ, जानकी श्रेष्ठ तथा शारदा श्रेष्ठ । सबै साथीहरुको नाम उपलब्ध गराइदिनु भएकोमा कृष्णा सैंजु अमात्य दिदीलाई धेरै धेरै धन्यवाद ।

प्रतिक्रिया