आइतबार, वैशाख १६, २०८१

तपाईं अपराध गर्नुस्, दाग हटाउने धोबी छन्

ओम आचार्य २०८० वैशाख २ गते ८:३६

हामीहरु जति खुइलिए पनि
जति रंग उडे पनि
र हामीमा जति दाग लागे पनि
धोविहरु छन्
ति धोबिहरुले
हामीमा लागेको दाग मेटाइदिन्छन्
खुइलिएकामा चमक दिन्छन्
र रंग उडेकोमा रंग दिन्छन्
अव धोबिहरुले
दाग लागेको हटाउन
पहिलेको जस्तो
ढुंगामा पछारिरहनु पर्दैन
र पहिलेको जस्तो
मुग्राले हिर्काइ रहनु पनि पर्दैन
अव यातना नपुर्याइकन
अब बिना कष्ट दाग हटाउदै छन् !

दाग कस्तो छ
कति खुइलिएको छ
र रंग कति उडेको छ
धोविले तोकेको रकम दिनुस्
तपाईं
फेरी एकपटक समाजमा
सफा र चम्किलो देखिनु हुन्छ
यसरी धोविहरुले
दाग लागेकाहरुलाई
रंग उडेकाहरुलाई
र खुइलिएकाहरुलाई
दाग हटाउदै
देशमा समाजमा र गाँउमा
स्थापित गराउदै आएका छन् !

तपाइ बलत्कार गर्नुस्
तपाइको कपडामा लागेका
रगत विर्य
धोविले तोकेको मूल्य दिनुस्
हटाइदिन्छन्

तपाईंले मान्छे मार्नुस्
हत्या गर्नुस्
र हत्या गर्दा
लागेका रगतका छिटाहरु
धोबिले तोकेको मुल्य दिनुस्
त्यो दाग हटाइदिन्छ !

कुनै ल्याव ले देख्दैन
कुने डिएनए ले भेट्दैन

तपाइ ले गरेका अपराध
र त्यो अपराध गर्दै गर्दा
लागेका जुन सुकै दाग
धोविले हटाइदिन्छ१

वलत्कार गरेकाहरु
हत्या गरेकाहरु
र अपराध गरेकाहरुले
धोविले तोकेको मुल्य दिँदै
दाग हटाउँदै
समाजमा
देशमा र संसदमा
जतिसुकै फोहरी चरित्र भएपनि
सफा सुग्घर र चम्किलो पोषाकमा देखिदै छन् !

प्रतिक्रिया