हार पछि के गर्ने ?

आफ्नो हारलाई पूर्ण मनले स्वीकार गर्ने मान्छे जित्ने भन्दा कम हुँदैन। हारेपछि आफूलाई सुधार्ने प्रयास गर्नुपर्छ । हरेक द्वन्द्वमा दुई लड्ने मध्ये एउटाको पराजय निश्चित छ । हार अप्रत्याशित हुन्छ । जब सबै प्रयासका बाबजुद पराजित भइयो भने त्यसपछि के गर्ने? हारलाई सम्मानका साथ स्वीकार गर्नु नै मानिसको पहिचान हो । जितले भन्दा हारले धेरै कुरा सिकाउँछ।
जीवनमा त्यस्तो कुनै पनि काम नगर्नुहोस् जसमा रुचि छैन
यदि आफूलाई मन पर्ने काम गरियो भने कहिल्यै थाकिँदैन । जब हामीले आफ्नो कामका बारेमा राम्रोसँग बुझछौं तब हाम्रो मन-मस्तिष्कमा यसका बारेमा कुनै डर वा भ्रम रहँदैन । आफूले गर्नुपर्ने कामसँग राम्ररी परिचित हुनुपर्छ । जीवनमा त्यस्तो कुनै पनि काम गर्नुहुँदैन, जसमा आफ्नो रुचि छैन । जुन काममा हाम्रो चासो हुँदैन, त्यो काम हामी आधा मनले गर्छौ । काममा रुचि भए हाम्रो उत्साह बढ्छ भने सफलता नपाउन्जेल हामी त्यसमै डुबी रहन्छौँ ।
हरेक दिन एक निश्चित लक्ष्य सेट
आफ्नो काम सफल बनाउन योजना धेरै महत्त्वपूर्ण छ । व्यापारमा सफलताको रहस्य हामीले प्रत्येक दिन सेट गर्ने लक्ष्यहरूमा निहित हुन्छ । त्यसैले ठुलो लक्ष्यमा पुग्न हरेक दिनका लागि निश्चित लक्ष्य तय गर्नु आवश्यक छ। सफलताका लागि योजना तथा चिन्तन चाहिन्छ। त्यसैले टिमसँग मिलेर काममा सुधार गर्ने तरिकाहरू खोज्नुपर्छ।
बढी जिम्मेवारी बढी महत्त्वपूर्ण
थप काम गर्ने अवसर मिल्यो भने उत्साहपूर्वक स्वीकार गर्नुपर्छ । यदि हामीलाई नयाँ जिम्मेवारीका लागि सोधिएको छ भने यसले प्रमाणित गर्दछ कि मानिसहरूले हामीमा विश्वास गरेका छन्। थप जिम्मेवारी लिनुले हामी अझ महत्त्वपूर्ण भएका छौं भन्ने देखाउँछ। -एजेन्सी

प्रतिक्रिया