शनिबार, वैशाख १३, २०८२

तीन गजल

मानन्धर अभागी २०८० असार १६ गते ८:२६

१.
जसले मलाई नजर लगायो
विषालु रहेछ बिमार बनायो

मेरो छेवैमा आई मुश्कूरायो
निशंकोच उसले हात समायो

खै के गर्यो गर्यो बोल्नै सकिनँ
उसले मलाई मोहनी लगायो

वैंश उम्लेर जवानी पोखिएछ
जवानी केहो बल्ल था पायो ।

२.

रातो टिका निधारमा ए हजुर
चन्द्रमा झैं चमकदार ए हजुर

जहाँ जाउँ तिम्रै सौन्दर्य वारे
चर्चै चर्चा बजारमा ए हजूर

प्यारमा पागल सबैका नजर
सुन्दर त्यो मुहारमा ए हजुर

मृगिणी नयन मयूरको चाल
एक मात्र हजारमा ए हजुर ।

३.

म मात्र के कम उसले जस्तै ऑट्न थालें
उसै।।लाई भुल्न आज तानेर मात्न थालें

जिन्दगी ।।।।। मा आज पहिलो पल्ट हेर
उसै ।।।।।। बाट सिकेर मैले नी ढाँट्न थालें

खुट्टा मात्र भए जुत्ता हजार हुन्छ
मैले पनि अकैॅसित माया साट्न थालें

जाम -ए – शाम बाँकी रहा यही काम
उसैको देखा सिखी कुरा काट्न थालें ।

प्रतिक्रिया