मंगलबार, असार २४, २०८२

इंग्ल्याण्डलाई युरो यु–२१ को उपाधि

नेपालखोज २०८० असार २४ गते ८:३०

काठमाडौं । इंग्ल्याण्डले यु–२१ युरोकपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा पाँच पटकको च्याम्पियन स्पेनलाई १–० गोलले पराजित गर्दै तेस्रो पटक च्याम्पियन बनेको हो । इग्ल्याण्डलाई जित दिलाउन पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्योे ।

इंग्ल्याण्डका लागि पहिलो हाफमा थप गरिएको समयको चौथो मिनेटमा कर्टिन जोन्सले कोली पालमरको पासमा गोल गरेका थिए ।

खेलको नियमित समयपछि थपिएको समयमा पाएको पेनाल्टीमा चुक्दा स्पेनले बराबरीको अवसर गुमायो । स्पेनका आवेल रुइजको पेनाल्टीलाई इंग्ल्याण्डका गोलरक्षक जेम्स ट्राफोर्डले बचाएका थिए ।

प्रतिक्रिया