शुक्रबार, जेठ ३, २०८२

इजरायल घटना : मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी

नेपालखोज २०८० असोज २२ गते १०:४३

काठमाडाैं । इजरायलमा हमासको आक्रमणमा मारिएका नेपालीको शव ल्याउन र समस्यामा परेकालाई सरकारले उद्धारको लागि पहल सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल तेल अभिभस्थित विमानस्थल सामान्यरूपमा सञ्चालनमा रहेको र हवाईमार्गमार्फत आवतजावत सुचारु भइरहेकाले नेपालीको शव नेपाल ल्याउन र घर फर्किन इच्छुकलाई पनि फर्काउने प्रक्रिया सुरु गरेको जानकारी दिएको हो ।

‘मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छन्, ‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरूको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिष्ट्रेसनको तयारी भइरहेको छ ।’

गत शनिबार प्यालेस्टाइन लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया