मंगलबार, वैशाख ११, २०८१

‘जनताका अपेक्षा धेरै, काम गर्ने शैली भने पुरानै’

नेपालखोज २०७८ भदौ २३ गते १३:५३

मबाहेक अर्को असल मान्छे, भिजन भएको मान्छे नगरपालिकाको नेतृत्वमा आए भने सघाएर अघि बढ्न सकिन्छ ।

नेपालखोजको ‘मेयरका कुरा’ मा हामी विभिन्न नगरपालिकाका मेयरहरूसँग समसामयिक विषयमा कुरा गर्छौं । कार्यक्रममा हामी नगरभित्रका समस्या, त्यसको समाधानमा मेयरको भूमिका तथा प्रयास, आगामी योजनालगायतका विषयहरू पाठक तथा दर्शकसामु प्रस्तुत गर्छौं । ‘मेयरका कुरा’ हरेक बुधबार नेपालखोजमा पढ्न र हेर्न सकिन्छ । यसपटक ‘मेयरका कुरा’ मा हामीले बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलसँग कुराकानी गरेका छौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं ।

हाइलाइट्स :
–वर्षाको समय छ, पारित योजनाहरू कार्यान्वयन गर्ने समय भएको छ । चाडपर्वहरू पनि आइरहेका छन् । मेरो यो अन्तिम कार्यकाल हो । जनतालाई पनि छिटोछिटो काम होस् भन्ने छ । धेरैलाई यो साल काम भएन भने अर्को साल हुँदैन कि भन्ने छ । हामीलाई पनि यो सालभरि धेरै काम गर्न पाएर प्रगति प्रतिवेदन प्रस्तुत गर्दा देखाउन पाइन्थ्यो भन्ने हुन्छ । त्यसैले धेरै व्यस्त हुनुपरेको छ ।
–कुनै दिनचाहिँ कामको धेरै चटारो हुन्छ । कुनै दिन काम भ्याइएन भनेर पनि हिँड्नुपर्ने हुन्छ । भदौ २२ गतेचाहिँ तीनजना मान्छेको मलामी जानुपर्यो । योजना लिएर आउनेलाई कार्यालयमा भेट्नुपर्यो । पैसा भुक्तानी, समीक्षा, नयाँ योजनाको स्टिमेट, नक्सापास सबै कामचाहिँ मेयरसँग आएर ठोकिन्छ ।
–नयाँ संरचनागत–संगठनात्मक कार्य र नयाँ कार्यशैलीको सुरुवात मेरैपालामा सुरु भएको छ । नगरवासीले भोलिका दिनमा पनि मलाई सम्झिने बाटो बनाएको छु ।
–अर्कोचोटि मेयरमा उठ्छु भन्नु मेरो मूर्खता हो । हाम्रो पालामा बनेको फाउन्डेसन र हासिल गरेको अनुभव यस्तो किसिमले काम गर्नुपर्छ भन्ने हुन्छ । मबाहेक अर्को असल मान्छे, भिजन भएको मान्छे आए भने सघाएर अघि जान सकिन्छ ।
–कोरोना संक्रमणका कारण र यो नगरपालिका संरचना नयाँ भएको कारणले धेरै काम गर्न भ्याइएन । हामीले हालेका जगहरू शिलान्यास गरिएका बाटाहरू, निर्माणाधीन पार्कहरू, वडा कार्यालय भवनहरू, खानेपानी वितरणका लाइनहरूलगायत कामहरू अर्को पाँचवर्षे नेतृत्व गर्नेलाई नयाँ किसिमले अगाडि बढाउन मद्दत गर्नेछ ।
– बूढानीलकण्ठ नगरपालिकाको आफ्नै घर ‘सिंहदरबार’ बनाएर सरेका छौं । यस नगरपालिका भवनको फोटो खिचेर देखाउन सक्नुहुनेछ । यस नगरभवनको पछाडि अर्को ठूलो भवन बनाउँदै छौं । वडा कार्यालयहरू बनाउँदै छौं । विद्यालय भवनहरू, नक्कली पार्कहरू बनाएका छौं । खानेपानीका धाराहरू, ट्यांकीहरू विस्तार भएका छन् ।
–यो नगरपालिकाको मेयर बन्नुपर्छ र योजनाअनुसार काम गर्नुपर्छ भन्ने हाम्रो प्लानै थियो । उक्त प्लानअनुसार म सर्वदलीय बैठकमा काम गर्थें । भवन बनाउने जग्गा पनि चाँडै खोज्यौं र छिटै टेन्डर आह्वान पनि गर्यौं । स्थानीय चुनावसँगै काम पनि सुरु भयो र भवन बनाउनेमा पहिलो भयौं ।
–जनताको अपेक्षा धेरै छ, तर काम गर्ने शैलीचाहिँ पुरानै पाराको छ । नेताको प्रतिबद्धता र जनताको अपेक्षा सन्तुलिन हुन नसक्दा समस्या हुँदो रहेछ । प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै जाने नीति बनाएका छौं ।

(नेपालखोजको ‘मेयरका कुरा’ मा हामी विभिन्न नगरपालिकाका मेयरहरुसँग समसामयिक विषयमा कुरा गर्छौं । कार्यक्रममा हामी नगरभित्रका समस्या, त्यसको समाधानमा मेयरको भूमिका तथा प्रयास, आगामी योजनालगायतका विषयहरु पाठक तथा दर्शकसामु प्रस्तुत गर्छौं । ‘मेयरका कुरा’ हरेक बुधबार नेपालखोजमा पढ्न र हेर्न सकिन्छ । यसअघिको अंकमा हामीले चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसँग कुराकानी गरेका थियौं । यसपटक ‘मेयरका कुरा’ मा हामीले बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलसँग कुराकानी गरेका छौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं ।)

यसअघिका ‘मेयरका कुरा’ हेर्न र पढ्न छुटेको भए :

सुवर्ण श्रेष्ठ (मेयर, शंखरापुर नगरपालिका) ‘दिनरात जनताकै सेवामा छु’

प्रकाश अधिकारी (मेयर, टोखा नगरपालिका) – ‘विकासको काममा नगरवासीको सहयोग उत्कृष्ट’

कृष्णहरि थापा (मेयर, कागेश्वरी मनोहरा नगरपालिका) – ‘१४ ठूला खानेपानी योजनाका काम भइरहेका छन्’

घनश्याम गिरी (मेयर, चन्द्रागिरि नगरपालिका) – ‘नगरवासीलाई पक्षपात गरेको छैन’

प्रतिक्रिया