’छक्का पन्जा ४’ विदेशका ५० भन्दा बढी पर्दामा रिलिज
नेपालखोज
२०७९ फागुन २५ गते १४:३४

काठमाडौं । घरेलु बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको फिल्म ’छक्का पन्जा ४’ युएई, कतार, ओमान, बहराइनका ५० भन्दा बढी पर्दामा प्रदर्शन सुरु भएको छ ।
वितरण कम्पनी नेपफिल्म्सले फिल्मलाइ मध्यपूर्वका देशमा आज (बिहीबार) देखि प्रदर्शनमा ल्याएको हो । साउदी अरेबिया र कुबेतमा भने प्रदर्शन मिति तय नभएको वितरक रमेश ढकालले जानकारी दिए ।
‘छक्का पन्जा ४ प्रदर्शन हुने भएपछि प्रचारप्रसारलाई तीव्र बनाइएको छ । रोजगारीको सिलसिलामा मध्यपूर्वका देशमा रहेका नेपाली फिल्म प्रेमीलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न लागेका हौं । मध्यपूर्वका देशमा अनुमानित २० लाखभन्दा धेरै नेपाली छन्,’ उनले भने ।
सम्बन्धित
प्रतिक्रिया