साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?
नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।
१, प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद बैठकमा मर्यादित पोशाक लगाउनुपर्ने निर्णय गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
२, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् । त्यस्तै, पूर्व सांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । यस्तै, शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल समेत पक्राउ परेका छन् ।
३, नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
४, टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले सुनाएको जन्म कैदको सजाय सदर गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
५, सर्वोच्च अदालतले पूर्वलडाकुलाई दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
६, बाल यौन दुरूपयोग मुद्दामा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
७, बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद सञ्जयकुमार गौतमले आज आठौं दिनमा आमरण अनशन तोडेका छन् ।विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
८, आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
९, यो साता नेप्से १८ सय ७७ दशमलव ३२ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५८ दशमलव १८ अंकमा पुगेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
१०, अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
११, नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतियोगिता आयोजना हुने भएकाे छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया