शनिबार, वैशाख १३, २०८२

इन्टरनेटमा बढी खोजिनेको सूचीमा प्रियंका र सनी लियोन

नेपालखोज २०७७ वैशाख २८ गते १८:४६

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्वभरकै सम्पूर्ण कामहरु पूर्ण रुपमा ठप्प रहेको बेला अवस्य पनि बलिउडका सबै फिल्मी गतिविधिहरु पनि ठप्प नै छन् ।

कोरोनाको रोकथामको लागि भारतमा गरिएको लकडाउनका कारण बलिउडका सबै जसो कलाकारहरु यतिबेला घरमै बस्न बाध्य छन् । बलिउडमा फिल्मी कार्यहरु बन्द भए पनि कलाकारका गतिविधिमा भने खासै कमि आएको छैन ।

यतिबेला विश्वका धेरै देशहरुमा लकडाउन कायम छ । लकडाउन भएसंगै हरेक देशका जनता पनि उतिकै फुर्सदिला भएका छन् । यहि फुर्सदको समयमा मान्छे अन्य समय भन्दा बढी मनोरञ्जन गर्न चाहन्छ । यसै क्रममा भर्खरै भारतीय गायिका नेहा कक्कड विश्वमै सबै भन्दा बढी खोजिने गायिकामा परेकी थिइन् ।

यस्तैमा बलिउडका दुई चर्चित अभिनेत्री इन्टरनेटमा बढी खोजिनेमा परेका छन् । अभिनेत्री प्रियंका चोपडा र सनी लियोनलाई इन्टरनेटमा बढी सर्च गरिएको छ । एसई मर्श अध्ययनका अनुसार उनीहरु इन्टरनेटमा बढी खोजिनेको सुचीमा परेका हुन् ।

एसई मर्श अध्ययनले सार्वजनिक गरेको बढी खोजिनेको सुचीमा बलिउडकै पहिलोमा प्रियंका चोपडा परेकी छिन् । भने दोस्रोमा सनी लियोन परेकी छिन् । प्रियंकालाई गुगलमा ३९ लाख पटक खोजिएको छ भने सनी लियोनलाई गुगलमा ३१ लाख पटक खोजिएको छ ।

प्रतिक्रिया