बलिउड अभिनेता किरणले जिते कोरोनालाई
नेपालखोज
२०७७ जेठ १५ गते ७:२५
एजेन्सी । बलिउडका चर्चित अभिनेता किरण कुमारले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।
भारतिय मिडियाका अनुसार ७४ वर्षीय अभिनेता किरण कुमारको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । कोरोनाको संक्रमण देखिएपछि उनी १४ मेदेखि क्वारेन्टाइनमा बसेका थिए ।
उनको कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनको परिवार केही समय आइसोलेसनमा बस्ने बताइएको छ । उनलाई कोरोना पोजेटिभ हुँदा कोरोनाको लक्षण भने देखिएको थिएन ।
सम्बन्धित
प्रतिक्रिया