सुशान्त मृत्यु प्रकरणमा अभिनेत्री रियाका भाइ र पूर्वम्यानेजर पक्राउ
एजेन्सी । बलिउड दिवंगत अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा भारतको लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी)ले अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका म्यानेजर रहिसकेका स्यामुअल मिरान्डालाई पक्राउ गरेको छ।
सुशान्त मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तारी हो। यो प्रकरणमा सिबीआईले अनुसन्धान गरिरहेको छ। तर लागुऔषध कारोबारको विषयमा एनसिबीले पक्राउ गरेको हो। पक्राउ अघि उनीहरु दुवै जनाको घरको खानतलासी पनि लिइएको थियो।
एनसिबीले शौविकको ल्यापटप र अन्य केही कागजात नियन्त्रणमा लिएको छ। एनसिबीले लागुऔषध कारोबारसँग जोडिएका केही व्यक्तिको बयान लिनुका साथै केहीलाई हिरासतमा पनि लिइएको बताइएको छ।
गत १४ जुनमा सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नै घरमा मृत भेटिएका थिए। मुम्बई प्रहरीले सुरुमा यसलाई आत्महत्या बताएको थियो । तर पछि २५ जुलाईमा सुशान्तका पिताले पटनाको राजीवनगर थानामा रियाविरुद्ध उजुरी दिएका थिए। त्यसपछि यस घटनाको अनुसन्धान भारतको लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी)ले थालेको हो ।
प्रतिक्रिया