मंगलबार, वैशाख १८, २०८१

अभिनेत्री कंगनालाई बलिउडकर्मीको साथ

नेपालखोज २०७७ भदौ २५ गते १०:११

एजेन्सी। बलिउड चर्चित अभिनेत्री कंगना रनौतको मुम्बईस्थित कार्यालय अवैधरूपमा निर्माण गरिएको भन्दै महानगरले भत्काइ दिए पपछि बलिउडकर्मी कंकनालाई साथ दिइरहेका छन् ।

कार्यालयमा शौचालय, किचेन, पार्किङस्थल अवैध निर्माण गरेको भन्दै मुम्बई महानगरले कंगनाको कार्यालय भत्काएको थियो। उक्त कदमको यतिबेला बलिउडकर्मीहरूले विरोध पनि गरिरहेका छन्। यदि अवैध नै थियो भने पनि रातारात तोडफोड गर्नुपर्ने अवस्था अत्यन्तै निन्दनीय भएको उनीहरूको ठहर छ। मुम्बई उच्च अदालतलेसमेत रातारात तोड्नुपर्ने अवस्था कसरी आयो भन्दै महानगरलाई जवाफ मागेको छ।

चलचित्र निर्देशक अभिषेक डोगारले यो सबै राजनीतिक कारण भएको प्रतिक्रिया दिएका छन्। भारतीय नागरिक हुनुका नाताले कंगनाको पनि केही त अधिकार रहेको भन्दै यो सबै सिवसेनाका कारण भएको उनको भनाइ छ।

अभिनेता गुलशन देवैयाले पनि उक्त कार्यको विरोध गरेका छन्। आफ्नो सम्पत्तिको सुरक्षा तथा संरक्षण गर्ने अधिकार सबैलाई भएको भन्दै उनले अचानक तोडफोड गर्नु प्रतिसोध साँध्नुबाहेक केही नभएको बताएका छन् । अर्का निर्देशक ललित पण्डितले मुम्बईका प्रत्येक घरमा अवैध निर्माण रहेको बताएका छन् ।

प्रतिक्रिया