मंगलबार, वैशाख १८, २०८१

भारतमा सिनेमा घर सञ्चालनमा ल्याउन माग

नेपालखोज २०७७ भदौ ३० गते २०:५४

एजेन्सी । भारतमा सिनेमा घरहरू पुनः सञ्चालनमा ल्याउन माग गरिएको छ। मल्टिप्लेक्स संघ इन्डियाले गत मार्चदेखि हालसम्म पीभीआर, इनोक्स र सिनेपोलिस चेनका हल सञ्चालकहरूलाई ९ हजार करोड भारतीय रुपैयाँ घाटा भएको भन्‍दै उक्त माग गरेको हो।

संघकाअनुसार उल्लेखित चेनका हलहरूमा मात्रै प्रत्यक्ष रुपमा २ लाख कर्मचारी छन्। मंगलवार संघले सरकारसँग तत्काल हल पुनस् खोल्ने अनुमतिको माग गरेको छ।

विज्ञप्तीमा लेखिएको छ । सञ्चालकहरूले सिनेमा क्षेत्र लकडाउन सुरू हुनुभन्दा अगाडिदेखि नै बन्द भएको र सबैभन्दा ढिला खुला गर्ने नीतिको विरोध गरेको फस्ट पोस्टमा जनाइएको छ।

कोभिड-१९ को महामारी सुरु भए यता चीन, कोरिया, यूके, फ्रान्स, इटाली, स्पेन, अमेरिका, यूएइ लगायत ८४ देशमा सिनेमा क्षेत्र खुला भइसकेको छ।

प्रतिक्रिया