बिहीबार, वैशाख ६, २०८१

वैवाहिक जीवनमा आउनसक्ने समस्याका १८ प्रमुख कारण र परिवार परामर्श

नेपालखोज २०७६ मंसिर ६ गते ८:३८

परिवार समाजको आधारभूत एकाइ हो जसमा बाल–बच्चा र सम्पूर्ण सदस्यहरूको पालण–पोषण हुन्छ र उनीहरू एकापसमा वास्ता गर्दै मिलेर बस्छन् । नेपाली र अंग्रेजी शब्दकोष अनुसार परिवारको परिभाषामा एउटै पिता–पुर्खाका सन्तानहरूको समूह, सामूहिक गुण वा स्वभावले गर्दा सम्बन्धित व्यक्तिहरूको समूह, एउटा नेतृत्व वा घरको छानामुनि बसोबास गर्ने व्यक्तिहरू जसमा बाबु, आमा र बाल–बच्चाहरू पर्छन् ।

पारिवारिक जीवनको महत्व
१. परिवार विवाहबाट सुरु हुन्छ । विवाह एउटा अन्तरलैङ्गिक सम्बन्ध हो । वैवाहिक सम्बन्ध रहस्यमय हुन्छ । जो समर्पणता अर्थात् वाचाबन्धन गरेर सुरु गरिन्छ र यो सम्बन्ध जीवनभरि रहिरहन्छ ।
२. समाजको जग वा आधारभूत तह परिवार हो भने स्वस्थ परिवारको जग स्वस्थ विवाह हो । विवाह स्वस्थ छैन भने परिवार र समाज अस्वस्थ रहिरहन्छ ।
३. विवाहको शारीरिक, मनोवैज्ञानिक र सामाजिक आवश्यकता छ ।
४. व्यक्तिको जीवनमा परिवारको विशेष महत्व छ, किनभने मानिस एक्लो रहन हर प्रकारले हानिकारक छ ।
५. मनोवैज्ञानिकहरूले यौन खाँचोलाई आधारभूत शारीरिक खाँचोभित्र समावेश गरेका छन् । यौन सम्बन्ध शारीरिक एवं मानसिक स्वास्थ्य तथा सामाजिक जीवनसँग सम्बन्धित छ । यस्तो महत्वपूर्ण खाँचो विवाह अर्थात् परिवारिक जीवनभित्र मात्रै पूरा गर्नुपर्छ ।
६. व्यक्तिको मनोशारीरिक स्वास्थ्य र परिवारको बीचमा घनिष्ठ अन्तर्सम्बन्ध छ । यदि परिवारको बनोट, कार्यप्रक्रिया, वातावरण र अन्तर्सम्बन्ध अस्वस्थ छ भने त्यसका सदस्यहरूको मनोशारीरिक स्वास्थ्यमा गडबडी उत्पन्न हुन्छ । अर्को शब्दमा भन्ने हो भने स्वस्थ जीवनको पूर्वाधार परिवार हो ।
७.  बुढेसकालमा छोरा–छोरी र सन्तानको महत्व बढी हुन्छ । किनभने यसले आनन्द ल्याउनुको साथै जीवन सार्थक छ भन्ने मनोबल प्रदान गर्छ ।
८. परिवार त्यो आधारभूत एकाइ हो जसबाट व्यक्तिको चरित्र विकास र निर्माण हुन्छ । परिवार चरित्र निर्माण गर्ने स्थल भएकोले यो स्वस्थ र प्रभावकारी हुनुपर्छ ।

परिवारका कार्यहरू मुख्य रूपमा निम्न छन् ः
– सुरक्षा र रेखदेख गर्ने ।
– एउटाले अर्कोलाई ग्रहण गर्ने र संयमीभएर व्यवहार गर्ने ।
– एकापसकाकमजोरी कुराहरू ढाकछोप गर्दै प्रेममा सुधार गर्ने ।
– अनुशासन, तालिम र निर्देशन दिने ।
– मर्यादाक्रम र अधिकारमा समर्पित भई एकापसमा इमान्दार र खुल्ला व्यवहार गर्ने ।
परिवारमा अभिभावक वा नेतृत्व गर्ने व्यक्तिको आवश्यकता हुन्छ ः
– परिवारका सबै सदस्यहरूलाई सेवाको कार्य गर्न सहभागी गराउने ।
– सबै सदस्यको खाँचो पूरा गर्दै सन्तुष्ट बनाउने ।
– सम्पूर्ण परिवारलाई बलियो बनाउने ।
– परिवारका प्रत्येकव्यक्तिको चरित्र विकास गर्ने ।
परिवार किन चाहिन्छ?
– एक्लो रहनु हर प्रकारले ठीक छैन
– विवाह र परिवारले आनन्द ल्याउँछ
– आधारभूत यौन खाँचो विवाहबाट परिपूर्ति हुन्छ
– मनोशारीरिक स्वास्थ्य र परिवारको घनिष्ठ अन्तर्सम्बन्ध छ
– बुढेसकालमा छोराछोरी र सन्तानको बढी महत्व हुन्छ

पारिवारिक जीवनमा आइपर्ने समस्या र परामर्श
विवाह आफैंमा ज्यादै सुन्दर, आशिक्षित र उत्पादनशील छ । तर विवाहलाई समस्यामा पार्ने काम मानिसबाट हुन्छ । यसकारण विवाहको समस्या भन्नुभन्दा विवाहभित्र मानिसले ल्याएको समस्या भन्नु राम्रो हुन्छ । विवाहित पति वा पत्नीले अन्तर्सम्बन्धमा आँच पुग्ने कार्य गर्दछन् अथवा ठीक प्रकारले आ–आफ्नो दायित्व पूरा गर्दैनन, फलस्वरूप समस्या उत्पन्न हुन थाल्छ । यसकारण आफ्नो जोडीलाई दोष दिनुभन्दा आफ्नो अनुहार ऐनामा हेर्नु राम्रो हुन्छ ।

कुनै पनि व्यक्तिको विवाहलाई बलियो र स्वस्थ बनाउने प्रथम कर्तव्य पति र पत्नीको हो । जबसम्म पति र पत्नीले आ–आफ्नो दायित्व पूरा गर्दैनन् तबसम्म अरू कुनै पनि सल्लाह काम लाग्दैन् । पृथ्वीमा भएका कुनै पनि दम्पती सिद्ध छैनन् । पति र पत्नी परिवर्तन हुन र सिक्न चाहन्नन् भने विवाह असफल हुनसक्छ ।

अक्सर मानिसहरू आफू ठीक छु भन्ने ठान्छन् । आफूले असल कुरा पालना गर्दैनन् अर्थात् आफूले कार्यान्वयन नगरेको कुरा जोडीमा थुपार्ने गर्छन् । अरूलाई परिवर्तन गर्नुभन्दा पहिले आफूलाई परिवर्तन गर्नुपर्छ । सिकाइको पहिलो सिद्धान्त आफूलाई परिवर्तन गर्नु हो । आफ्नो विवाह र जोडीलाई अरू कसैसँग तुलना नगर्नुहोस् । यसले समस्या ल्याउँछ ।

वैवाहिक जीवनमा आउनसक्ने समस्याका प्रमुख कारण
१. गलत जोडीको छनोट
२. समस्या समाधान गर्न नजान्नु
३. गलत सल्लाहलिनु
४. हकखोज्ने, तर कर्तव्य पूरा नगर्ने बानीभएमा
५. अस्वस्थ र असुरक्षित परिवार
६. गलत कारणबाट अभिप्रेरित भएर विवाह गर्नु
७. श्रीमान् र श्रीमती आ–आफ्नो कर्तव्यमा चुक्नु
८.आफ्नो जोडीको बारेमा बुझ्न र भिन्नता थाहा पाउन समय नबिताउनु
९.व्यभिचार तथा अरू कुनै पनि प्रकारका अविश्वासीपनले आपसी प्रेम र अन्तर्सम्बन्धमा आँच ल्याउँछ
१०. घरायसी काम कर्तव्यमा विश्वास योग्य नहुनु
११. बाल–बच्चा हुर्काउने कार्यमा असमझदारिता
१२. पेसा नहुनु र आर्थिक रूपमा टाट पल्टिनु
१३. मद्यपान, कुटपिट र कलह
१४. रिस तथा क्रोध
१५. झुटो कुराहरू गर्नु
१६. यौन रोग तथा यौन असन्तुष्टता
१७. सञ्चार नहुनु वा गडबडी हुनु
१८. योजना र उद्देश्य नमिल्नु

समस्याको समाधान (परामर्श)
दाम्पत्य जीवनमा आइपरेका समस्याको वास्तविक कारण पत्ता लागेपछि त्यसलाई समाधान गर्नुपर्छ । यसको निम्ति पति वा पत्नी दुवै जनाले मूल्य चुकाउनु पर्छ । जसको निम्ति माथिका कुराहरू राम्रोसँग अध्ययन गरेर इमान्दारी पूर्वक व्यवहारमा कार्यान्वयन गर्नुहोस् । अतः यी खण्डहरूमा वर्णन गरिएका कुराहरूको संक्षिप्त जानकारी यस प्रकार छः

– विवाहलाई बोट बिरुवाझैँ हुर्काउनु पर्छ ।
– विवाह पश्चात् दुई प्राणी एक हुन्छन्। शरीर दुई भए पनि एउटै प्राण सम्झनुपर्छ।
– जीवन–साथीको महत्व अनुसार एउटाले अर्कोलाई कदर गर्नुपर्छ ।
– आफ्नो जोडीको बारेमा जानकारी लिन सधैंँ समय बिताउनु पर्छ ।
– एउटाले अर्कोको प्रशंसा वा कदर गर्नुपर्छ ।
– एउटाले अर्कोलाई सधँैं सहयोग गर्नुपर्छ ।
– आफू जान्ने–सुन्ने होइन, तर सेवकको हृृदय हुनुपर्छ ।
– हरेक व्यक्तिमा कमजोर र बलिया पक्षहरू हुन्छन् भन्ने बिर्सनु हुदैन।
– शारीरिक प्रेममा (यौन कार्यमा) दक्षता हासिल गर्नुपर्छ ।
– असल अभिभावक बन्न पूरा तयारी गर्नुपर्छ र मूल्य चुकाउनु पर्छ ।
– परिवारको पालन–पोषणमा विशेष ध्यान दिनुपर्छ।
– जोडीबाट आफूले जे चाहनुहुन्छ आफूले पहिला त्यस्तै गर्नुपर्छ।
– विवाहको अन्तर्सम्बन्धमा सधैंँ होसियार हुनु पर्छ ।
– आफ्नो जोडीका कमजोरीहरू खिसी गर्ने होइन, तर प्रेममा सुधार गर्नुपर्छ ।

प्रतिक्रिया