बुधबार, वैशाख १२, २०८१

पत्रकारितामा महिला : दायित्व दोहोरो, आकर्षण कम

नेपालखोज २०७९ वैशाख ७ गते १२:१७

‘महिला’ यो शब्द आउनेबित्तिकै हामी सबैभन्दा पहिला एउटी आमा, छोरी, बुहारी, श्रीमतीलगायत अनेक नाता भन्ने बुझ्छौं । हरेकको मनमा आमा शब्दको महत्त्व सबैभन्दा माथि अनि उच्च दर्जाको छ । तर, त्यही ठाउँमा महिला भएकै कारण एउटी आमाले समाजमा अनेकौं समस्याको सामना गर्नुपरेको हुन्छ ।
महिला भएकै कारण समाजमा उसले चाहेको गर्न बन्देज लगाइएको हुुन्छ । हाम्रो समाजमा विद्यमान कुरिति कुसंस्कारको साङ्लोले उसलाई बाँधिएको हुन्छ । ताकि उसले पुरुषभन्दा माथि उठेर केही गर्न नसकोस् । यद्यपि, पछिल्लो समय भने महिलालाई पनि उसले चाहेको काम गर्न दिनुपर्छ । महिलाले पनि चुलोचौकोभन्दा माथि उठेर पुरुषसरह काम गर्न सक्छन् भन्ने सोचको विकास हुँदै गएको छ ।
समय र राजनीतिक परिवर्तनसँगै नेपालमा पनि महिलाको क्षेत्रमा विस्तारै विकास हुँदै गएको छ । तर जुन किसिमले विभिन्न क्षेत्रमा महिलाको पहुँच पुग्नुपर्ने हो, त्यो हुन भने सकेको छैन ।
यसर्थ, महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले हामीले ‘नेपालखोजमा नारी’ कार्यक्रमको सुरुवात गरेका छौं । ‘नेपालखोजमा नारी’ कार्यक्रममा हामीले विभिन्न क्षेत्रमा आबद्ध महिलाहरूसँग उनीहरूले गरिरहेका संघर्ष, चुनौती तथा सफलताका विषयमा चर्चा–परिचर्चा गर्ने गर्छौं । यो कार्यक्रम नेपालखोज आइनलाइन टीभीनेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ ।

दोहोरो दायित्वका कारण पत्रकारितामा महिलाको आकर्षण घट्दो


आजको अंकमा पत्रकारिता क्षेत्रमा आबद्ध महिलाहरूको अवस्था, जटिलता तथा भोग्नुपरेका चुनौतीका विषयमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष यशोदा तिम्सिनासँग कुराकानी गरेका छौं । प्रस्तुत छ तिम्सिनासँग नेपालखोजका लागि मीरा साउँदले गरिएको कुराकानी :


हाइलाइट्स :
–पत्रकारिता घडी हेरेर गर्ने पेसा होइन । अधिकांश महिलाको दोहोरो दायित्व हुन्छ । घरपरिवारसँगै पत्रकार पनि हुनुपर्छ । त्यस कारण पनि पत्रकारिता क्षेत्रमा महिलाहरूको संख्या न्यून छ ।
–पत्रकारिता क्षेत्रमा दाम छैन । कसैलाई ठूलो दाम कमाउँछु भन्ने लाग्छ भने त्यसका लागि यो आकर्षणको क्षेत्र होइन ।
–पत्रकारिता महिला र पुरुषको भन्ने हुँदैन । पत्रकारिता पत्रकारिता नै हुन्छ । महिलाले गरे पनि पुरुषले गरे पनि । सामाजिक दायित्वका कारण मात्रै यसलाई महिला पत्रकार भन्नुपरेको हो ।
–एउटी पत्रकार महिला गर्भवती भइन् भने त्यो काम गर्ने ठाउँमा उसलाई सहज वातावरण बनाइदिनुको साटो उल्टै उसले बच्चा पाएर घरमै बसिदिएको भए हुन्थ्यो भन्ने किसिमको मानसिकता अहिले पनि छ । यी सबै हेर्दा महिलाई पुरुषको तुलनामा बढी चुनौती छ ।
–महिला सक्षम नभएर पनि हुन सक्छ अझै पनि महिला प्रमुख भूमिकामा छैनन् । तर सबै ठाउँमा महिला अक्षम छन् भन्न मिल्दैन । अर्को कुरा सञ्चारमाध्यमहरूले अझै पनि महिलाहरूलाई विश्वास गरेको पाइँदैन ।
–अन्य क्षेत्रहरूमा महिलाहरूले नेतृत्व गरेका अर्गनाइजेसनहरू असफल भएको स्थिति छैन । बरु सफल भएका छन् ।
–संख्या सानो छ तर, महिलाहरू त्यो बागडोर सम्हाल्न सक्षम छन्् । हुन त धेरै ठाउँमा महिलाहरूलाई विश्वास गरिएको देखिँदैन । तर, पत्रकारिता क्षेत्रमा अझ विश्वास गरिएको छैन ।
–पत्रकारिता क्षेत्रमा महिला–पुरुषबीचको विभेद छैन भन्न सकिँदैन । तलब तथा सेवा–सुविधाकै विषयमा पनि महिलाहरूलाई कम सेवा–सुविधा दिएर राख्ने भन्ने बुझाइ अझै छ ।

‘नेपालखोजमा नारी’ का अघिल्ला अंकहरू पढ्न छुटाएको भए हेर्नुहोस् ।

‘संघर्ष र आत्मबल छ भने व्यावसायिक क्षेत्रमा फड्को मार्न सकिन्छ’

‘समयमै उपचार गरे मनोरोग अवश्य निको हुन्छ’

देशभरका महिलालाई तालिम दिने रेखाको सपना

‘भारतीय फेसन ट्रेन्ड रुचाउँछन् नेपाली’

‘सानोमम्मीले टेम्पो चलाएको देख्दा मलाई पनि रहर जाग्यो’

‘पर्यटन क्षेत्रमा ६० प्रतिशतको रोजगारी गुम्यो, ८० प्रतिशतले तलबै पाएनन्’

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

प्रतिक्रिया