शनिबार, वैशाख १५, २०८१

‘संघर्ष र आत्मबल छ भने व्यावसायिक क्षेत्रमा फड्को मार्न सकिन्छ’

नेपालखोज २०७८ चैत ३० गते १२:५७

नेपालमा पछिल्लो समय महिलाहरू चुलोचौकोमै सीमित हुनुपर्छ भन्ने सोचाइमा केही परिवर्तन आउन थालेको छ । क्षमता हुँदाहुँदै पनि अवसर र परिवार तथा समाजबाट साथ पाउन नसक्दा महिलाहरू चुलोचौकोमै सीमित हुने गरेका थिए । पछिल्लो समय भने महिलाले परिवार सम्हाल्नेदेखि लिएर बाहिरी काम पनि गर्न सक्छन् भन्ने भावनाको विकास हुन थालेको छ ।
पहिलेको तुलनामा अहिले जुनसुकै क्षेत्रमा महिलाको पनि पुरुषसरह सहभागिता देख्न पाइन्छ । सामान्य टेम्पो चलाउनेदेखि लिएर ठूलाठूला व्यावसायिक क्षेत्रमा समेत उपस्थिति पाउन थालिएको छ । ढिलै भए पनि महिला-पुरुषको सहभागिता हरेक क्षेत्रमा समाज हुनुपर्छ भन्ने भावनाको विकास हुँदै गएको छ । समय र राजनीतिक परिवर्तनसँगै महिलाको क्षेत्रमा विस्तारै विकास पनि हुँदै गएको पाइन्छ । तर जुन किसिमले विभिन्न क्षेत्रमा महिलाको पहुँच पुग्नुपर्ने हो, त्यो हुन भने सकेको छैन । संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अधिकारको सुनिश्चित गरे पनि त्यो भने पूरा हुन सकेको छैन ।
यसर्थ, महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले हामीले ‘नेपालखोजमा नारी’ कार्यक्रमको सुरुवात गरेका छौं । ‘नेपालखोजमा नारी’ कार्यक्रममा हामीले युवा महिलाहरूले समाजमा पुर्याएको योगदानका विषयमा चर्चा-परिचर्चा गर्ने गर्छौं । यो कार्यक्रम नेपालखोज आइनलाइन टीभीनेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ ।

महिलाहरूले उत्पादन गरेका उत्पादनले बजार पाउन सकेन


महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले हामीले ‘नेपालखोजमा नारी’ कार्यक्रमको सुरुवात गरेका हौं । ‘नेपालखोजमा नारी’ को आजको अंकमा व्यावसायिक क्षेत्रमा महिलाहरूको सहभागिता, उनिहरूको अवस्था तथा आइपर्ने चुनौतीलगायत विषयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष कुसुम महर्जनसँग मीरा साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ उपाध्यक्ष महर्जनसँग गरिएको कुराकानी :

हाइलाइट्स :
-चीनबाट पहिला दिनको जम्मा दुई कन्टेनर सामान आयात हुने गरेको थियो । तर, अहिले महासंघको पहलमा सामान आयातमा केही सहज भएको छ ।
-चीनबाट गर्मीको सामान जाडोमा र जाडोको सामाजहरू गर्मी महिनामा आउँदा व्यवसायीहरू धेरै घाटामा परेका छन् । अहिले भने सामान आयात बढ्दा व्यापारीलाई केही राहत भएको छ ।
-महिलाहरूलाई आन्तनिर्भर बनाउन दिनुपर्ने तालिमहरू महासंघले अहिलेसम्म त दिएको छैन तर, त्यस्ता खालका तालिम दिनुपर्छ भनेर पहल भने गरिरहेको छ ।
-व्यवसाय गर्दा सबैभन्दा बढी भग्नुपर्ने समस्या भनेको आर्थिक नै हो । आर्थिक लेनदेनको कुराहरूमा महिलाहरूलाई झट्ट मानिसहरू पत्याइ हाल्दैनन् । अर्को परिवारको साथ भएन भने व्यवसायिक क्षेत्रमा अघि बढ्न गाह्रो छ ।
-महिलाहरूले उत्पादन गरेका वस्तुहरूले अझै राम्रो बजार पाउन सकेको छैन । धेरै संघर्ष गरेर महिलाहरूले वस्तुहरू उत्पादन गर्नुहुन्छ तर, राम्रो बजार पाउन नसकेपछि उनीहरूको आशा निराशामा परिणत हुन्छ ।
-मैले आफैंले पनि धेरै महिला दिदी-बहिनीहरूलाई विभिन्न किसिमका तालिम दिएर, आर्थिक सहयोग पनि गरेर व्यावसायिक क्षेत्रमा आबद्ध गराएकी छु । उनीहरूले गरेको सफलताले आफूलाई निकै आत्मसन्तुष्टि दिन्छ ।
-महिलाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका तालिम दिएर उनीहरूले उत्पादन गरेका वस्तुहरूलाई बजार उपलब्ध गराउन सरकारले भूमिका खेल्न सके कोही महिला पनि चोलोचौकोमा सीमित हुनु पर्दैन ।
-परिवारको साथ खट्न सक्ने क्षमता र इच्छा छ भने जुनसुकै महिलाले पनि व्यावसायिक क्षेत्रमा सफलता हात पार्न सक्छन् । तर, संघर्ष र निरन्तरता भने अनिवार्य हुनुपर्छ ।

‘नेपालखोजमा नारी’ का अघिल्ला अंकहरू पढ्न छुटाएको भए हेर्नुहोस् ।

‘समयमै उपचार गरे मनोरोग अवश्य निको हुन्छ’

देशभरका महिलालाई तालिम दिने रेखाको सपना

‘भारतीय फेसन ट्रेन्ड रुचाउँछन् नेपाली’

‘सानोमम्मीले टेम्पो चलाएको देख्दा मलाई पनि रहर जाग्यो’

‘पर्यटन क्षेत्रमा ६० प्रतिशतको रोजगारी गुम्यो, ८० प्रतिशतले तलबै पाएनन्’

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

प्रतिक्रिया