मंगलबार, वैशाख १८, २०८१

‘महिनावारीका बेला हिमाल आरोहण गर्न झनै गाह्रो’

नेपालखोज २०७९ वैशाख २१ गते ११:४७

नेपालमा अवस्थित विश्वकै सर्वोच्च शिखर सगरमाथा विश्वमै प्रख्यात छ । प्रत्येक वर्ष हजारौंको संख्यामा स्वदेशी तथा विदेशी नागरिकहरूले सगरमाथाको आरोह गर्ने गरेका छन् । सगरमाथा आरोहण गर्ने विषयमा कुनै सामान्य विषय होइन । यो आफैंमा निकै चुनौतीपूर्ण अनि गौरवमय विषय पनि हो । सगरमाथा आरोहण गर्न गएका नागरिक आफ्नो ज्यानको बाजी लगाएर गएका हुन्छन् यसमा कोही सफल हुन्छन् त कोही असफल । त्यस कारण पनि यो आफैंमा निकै अप्ठ्यारो विषय हो । तर निमा ल्हामु शेर्पाले सानै उमेरमा सगरमाथा आरोहण गरेर विश्वमै रेकर्ड कायम गरिसकेकी छन् । ‘नेपालखोजमा नारी’को आजको अंकमा हामीले उनै निमासँग कुराकानी गरेका छौं ।
कार्यक्रममा हामीले महिलाहरूले गरेका संघर्ष, सफलता तथा समाजमा पुर्याएको योगदानका विषयमा चर्चा-परिचर्चा गर्ने गर्छौं । यो कार्यक्रम नेपालखोज आइनलाइन टीभीनेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ । महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले हामीले ‘नेपालखोजमा नारी’ कार्यक्रमको सुरुवात गरेका हौं । ‘नेपालखोजमा नारी’ को आजको अंकमा सगरमाथा आरोहण गर्दा आइपर्ने समस्याहरू, चुनौतीहरू र निमाले सगरमाथा आरोहण गर्दै गर्दा भोगेका अनुभवबारे मीरा साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ निमासँग गरिएको कुराकानी :

हाइलाइट्स :
-सगरमाथा आरोहण गर्नु मेरा लागि बाध्यता होइन रहर हो । सगरमाथा आरोहण गर्ने मेरो सानैदेखिको सपना थियो, अहिले पूरा भएको छ ।
-सगरमाथा चढ्ने सानैदेखिको रहर भए पनि यो काम आफैंमा निकै कठिन रहेछ । त्यहाँसम्म पुग्दै गर्दा मैले बीचमा त सक्दिनँ होला भनेर झन्डै ‘गिभ अप’ गरेको थिएँ । तर, दाजुहरूको हौसलाले आरोहण गर्न सफल भए ।
-जब म चुचुरोमा पुगें । तब आफूलाई बाक्लो कपासको बादलमा पुगेको आभास गरें । आरोहण गर्नुअघि डराएको म पुगिसकेपछि त सहजै रहेछजस्तो महसुस गरें ।
-सुरुमा त मैले सक्छु भन्ने आशै गरेको थिएनँ । एक पाइला, दुई पाइला गर्दै म पाइला-पाइला पनि गन्दै थिएँ । त्यतिखेरको एक पाइला पनि अहिलेको एक माइलभन्दा बढी छ ।
-आरोहण गर्दा तुलनात्मक हिसाबले पुरुषभन्दा महिलालाई अप्ठ्यारो हुन्छ । अझ महिनावारी भएको समयमा झनै गाह्रो हुन्छ ।
-आरोहण गर्न जाँदा बेस क्याम्पसम्म सामान्य हामीले खानेजस्तो नै खाने कुरा खाइन्छ । त्यसभन्दा माथि भने ड्राइफुडसहरू मात्रै खाइन्छ ।
-यो वर्ष त अब आरोहण गर्दिनँ । ती अप्ठ्यारा पलहरू म अझै भुलेको छैन । अहिले त मलाई कसैले फ्रिमै लिए नि जादिनँ । अर्को वर्ष भने सायद जान्छु होला ।
-सगरमाथामा पहिलेको भन्दा धेरै सुधार भएको छ । फोहोरहरू पनि अहिले त्यस्तो छैन । यहाँ हुँदा कस्तो फोहोर छ भन्ने सुनेको थिएँ । तर, म त्यहाँ जाँदा त्यस्तो फोहोर भएजस्तो महसुस गरिनँ ।

‘नेपालखोजमा नारी’ का अघिल्ला अंकहरू पढ्न छुटाएको भए हेर्नुहोस् ।

‘महिलाका लागि उपयुक्त प्लेटफर्म सेयर बजार’

पत्रकारितामा महिला : दायित्व दोहोरो, आकर्षण कम

‘संघर्ष र आत्मबल छ भने व्यावसायिक क्षेत्रमा फड्को मार्न सकिन्छ’

‘समयमै उपचार गरे मनोरोग अवश्य निको हुन्छ’

देशभरका महिलालाई तालिम दिने रेखाको सपना

‘भारतीय फेसन ट्रेन्ड रुचाउँछन् नेपाली’

‘सानोमम्मीले टेम्पो चलाएको देख्दा मलाई पनि रहर जाग्यो’

‘पर्यटन क्षेत्रमा ६० प्रतिशतको रोजगारी गुम्यो, ८० प्रतिशतले तलबै पाएनन्’

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

प्रतिक्रिया