बिहीबार, वैशाख १३, २०८१

‘नागरिकले झन्झटबिनै छिटो-छरितो सेवा पाउनुपर्छ, यो उनीहरूको अधिकार हो’

नेपालखोज २०७९ साउन ९ गते ९:५७

गण्डकी प्रदेशको लमजुङ जिल्लाको प्रशासनिक नेतृत्व अहिले बिजुवार ४, प्यूठानका सुशील वैद्यको काँधमा छ । २०७८ कात्तिक १३ गतेदेखि लमजुङको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वैद्य कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ वैद्यलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै २८ वर्ष बिताएका लमजुङका प्रजिअ वैद्य यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा कार्यरत थिए ।
सेवाग्राहीलाई नियम-कानुनअन्तर्गत रहेर सकारात्मक ढंगले निकास दिनुपर्ने उनी बताउँछन् । ‘सेवाग्राहीलाई नियम-कानुनअन्तर्गत रहेर सकारात्मक ढंगले निकास दिनुपर्छ भन्ने मेरो मान्यता हो । नियम-कानुनको पनि पालना गर्नुपर्छ । सकारात्मक सोचका साथ सेवाग्राहीलाई छिटो-छरितो सेवा दिनुपर्छ,’ प्रजिअ वैद्यले नेपालखोजसँग भने, ‘म जहाँ बसें त्यहाँ सहकर्मी साथीलाई यही कुराको निर्देशन दिएको छु । झन्झटबिना नागरिकले छिटो छरितो सेवा पाउनुपर्छ यो उनीहरूको अधिकार नै हो ।’
लमजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुशील वैद्यसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ६७औं शृंखला :

हाइलाइट्स :
-सेवाग्राहीलाई नियम-कानुनअन्तर्गत रहेर सकारात्मक ढंगले निकास दिनुपर्छ भन्ने मेरो मान्यता हो । नियम-कानुनको पनि पालना गर्नुपर्छ । सकारात्मक सोचका साथ सेवाग्राहीलाई छिटो-छरितो सेवा दिनुपर्छ ।
-कतिपय सेवाग्राहीले कुरा बुझ्नु हुन्छ प्रमाण पुर्‍याएर आउनुहुन्छ । कतिपयले हामीलाई कर्मचारीले दुःख दिन थालेको हो कि भनेर प्रेसर गर्नुहुन्छ ।
-लमजुङ बाढी-पहिरोको उच्च जोखिम रहेको जिल्ला हो । यो पहाडी क्षेत्र हो । अहिले पनि बेंसीसहरलगायत केही स्थानमा ठूलो पहिरो गएका कारण मुख्य सडकमै सवारी आवागमन रोकिनुपर्ने अवस्था पनि छ । यद्यपि अहिले डाइभर्सन बनाएर काम चलाइरहेका छौं ।
-पढाइ सकेपछि पेसा व्यवसाय छनोट गर्ने क्रममा अग्रजहरूलाई हेरर अथवा निजामती सेवा लागेपछि स्थायित्व पनि हुने भएका कारण र जनताको सेवा गर्नुपर्छ भनेर पनि निजामती सेवातर्फ आकर्षित भएँ ।
-लोकसेवामा अझैं पनि आकर्षण र विश्वास छ । लोकसेवामा निष्पक्ष जाँच हुन्छ पास गरेपछि वृत्तिविकासको ग्यारेन्टी हुन्छ भनेर अहिलेको पुस्ता पनि आकर्षित भएको पाउन सकिन्छ ।
-संघीयतापछि गाउँ-गाउँमा सिंहदरबार भन्ने नारासहित अहिले जनताले सेवा पाइरहेका छन् । पहिला सानो कामका लागि पनि केन्द्र धाउनुपर्ने अवस्था थियो । अहिले स्थानीय तह र प्रदेशबाटै प्राय: काम हुन्छ ।
-निजामती कर्मचारीको सरुवालाई व्यवस्थित र वैज्ञानिक त बनाउनुपर्छ । जुन ऐन-नियममा पनि छ । हामीसँग कानुनी प्रावधान त छ तर व्यवहारिक रुपमा कार्यान्वयन भएको अवस्था भने छैन ।
-जनताले सेवाप्रवाह पाउनुपर्छ भनेर सबै तह-तप्कामा रहेकाले मनन गर्नुपर्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म ०५१ सालमा शाखा अधिकृतका रुपमा निजामती सेवामा प्रवेश गरेको हुँ । त्यसपछि विभिन्न मन्त्रालय र कार्यालयमा काम गर्ने अवसर मिल्यो । सेवाग्राहीलाई नियम-कानुनअन्तर्गत रहेर सकारात्मक ढंगले निकास दिनुपर्छ भन्ने मेरो मान्यता हो । नियम-कानुनको पनि पालना गर्नुपर्छ । सकारात्मक सोचका साथ सेवाग्राहीलाई छिटो-छरितो सेवा दिनुपर्छ । म जहाँ बसें त्यहाँ सहकर्मी साथीलाई यही कुराको निर्देशन दिएको छु । झन्झटबिना नागरिकले छिटो छरितो सेवा पाउनुपर्छ यो उनीहरूको अधिकार नै हो ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दबाबै भनेर त आउँदैनन् । सेवाग्राहीको नै भिडभाड हुन्छ कतिपय कुराहरूमा कानुनअनुसार यो-यो प्रमाण चाहिन्छ भनेर हामी भन्छौं । कतिपय सेवाग्राहीले कुरा बुझ्नु हुन्छ प्रमाण पुर्‍याएर आउनुहुन्छ । कतिपयले हामीलाई कर्मचारीले दुःख दिन थालेको हो कि भनेर प्रेसर गर्नुहुन्छ । यो कारणले यो प्रमाण चाहिन्छ भनेपछि उहाँहरू पछि कन्भिन्स पनि हुनुहुन्छ ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
कार्यालयमा हामीले नागरिक बडापत्र राखेका छौं । गुनासो सुन्ने अधिकारी हुनुहुन्छ । सूचना अधिकारी हुनुहुन्छ । हामीले हेल्प डेस्कको पनि व्यवस्था गरेका छौं । साथै सेवाग्राहीलाई केही समस्या पर्‍यो भने गुनासो गर्न फोन नम्बर पनि वितरण गरेका छौं । सेवाग्राहीलाई सहज र छरितो सेवा प्रवाहको व्यवस्था मिलाइएको छ ।

अहिले बर्खाको मौसम जिल्लामा बाढी तथा प्राकृतिक विपत्‌का घटनाको अवस्था कस्तो छ ?
लमजुङ बाढी-पहिरोको उच्च जोखिम रहेको जिल्ला हो । यो पहाडी क्षेत्र हो । अहिले पनि बेंसीसहरलगायत केही स्थानमा ठूलो पहिरो गएका कारण मुख्य सडकमै सवारी आवागमन रोकियो । अहिले डाइभर्सन बनाएर काम चलाइरहेका छौं । यस्तै बाटो बन्द हुने समस्या मर्स्याङ्दी र दोर्दी खोलाले गत वर्ष ठूलो क्षति पुर्‍याएको थियो यहाँ । यो वर्ष पानी त ठूलो परेको छैन तैपनि मनसुन सक्रिय भएपछि सडक बन्द हुने, घरहरू जोखिममा पर्ने समस्या छ । हामीले विभिन्न निकायसँग समन्वय गरेर विपत् व्यवस्थापन र राहतको काम गरिरहेका छौं ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
पढाइ सकेपछि पेसा व्यवसाय छनोट गर्ने क्रममा अग्रजहरूलाई हेरर अथवा निजामती सेवा लागेपछि स्थायित्व पनि हुने भएका कारण र जनताको सेवा गर्नुपर्छ भनेर पनि यतातर्फ आकर्षण भयो । लोकसेवाले लिने परीक्षा निष्पक्ष हुन्छ मिहिनेत गरेपछि प्रवेश गर्न सकिन्छ भन्ने भयो । अग्रज र साथीभाइहरूको देखेर यता आकर्षित भइयो ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
लोकसेवामा अझैं पनि आकर्षण र विश्वास छ । लोकसेवामा निष्पक्ष जाँच हुन्छ पास गरेपछि वृत्तिविकासको ग्यारेन्टी हुन्छ भनेर अहिलेको पुस्ता पनि आकर्षित भएको हामी पाउँछौं । लोकसेवाप्रति आकर्षण नै छ अहिले पनि । केही विदेशतर्फ आकर्षित छन् त्यो आफ्नो ठाउँमा छ । आवेदनको संख्या हेर्दा पनि यसमा कुनै कमी आएको देखिँदैन ।

संघीयताअघि र अहिलेको सार्वजनिक सेवा प्रवाहमा के फरक पाउन सकिन्छ ?
संघीयतापछि गाउँ-गाउँमा सिंहदरबार भन्ने नारासहित अहिले जनताले सेवा पाइरहेका छन् । पहिला सानो कामका लागि पनि केन्द्र धाउनुपर्ने अवस्था थियो । अहिले स्थानीय तह र प्रदेशबाटै प्राय: काम हुन्छ । यसले गर्दा सेवाप्रवाहमा जनतालाई सहज पनि भएको छ । प्रभावकारी रुपमा स्थानीय तहले काम गरेका पाउँछु मैले । विगतमा कोभिड महामारीमा स्थानीय तह प्रभावकारी रुपमा यसको नियन्त्रणमा लागि परे । जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार हो । स्थानीय सरकारले जनताको दैनिक समस्यादेखि लिएर विकास निर्माणका कामहरू गरिरहेको छ । त्यसैले यो प्रणालीले राम्रै काम गरिरहेको महसुस हुन्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
सरुवालाई अलिकति व्यवस्थित र वैज्ञानिक त बनाउनुपर्छ । ऐन-नियममा त छ नै । कम्तीमा दुई वर्षको हदम्याद रहेको अवस्था छ । कानुनी प्रावधान त छ तर व्यवहारिक रुपमा कार्यान्वयन भएको अवस्था छैन ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
जनताले सेवाप्रवाह पाउनुपर्छ भनेर सबै तह-तप्कामा रहेकाले मनन गर्नुपर्छ । मिडियाहरूले पनि चासो लिएर बेलाबेला सेवाप्रवाहसम्बन्धी अन्तर्वार्ता लिँदा पनि सकारात्मक सन्देश जान्छ । यसका लागि यहाँलाई पनि धन्यवाद ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले प्रदेश १ को सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग कुराकानी गरेका थियौं । यसपटक गण्डकी प्रदेशको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

इन्द्रदेव यादव, प्रजिअ, सुनसरी – ‘निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो’

नवराज सापकोटा, प्रजिअ, रोल्पा – ‘आएका सेवाग्राहीलाई ५ बज्यो भन्दैमा कार्यालयबाट फर्काउँदिनँ’

सूर्यबहादुर खत्री, प्रजिअ, बाँके – ‘बजारका दक्ष जनशक्तिलाई निजामती सेवाले आकर्षित गर्न सकेको छैन’

धर्मेन्द्रकुमार मिश्र, प्रजिअ, कपिलवस्तु – ‘निजामती सेवामा एउटै वर्ग र समुदायको मात्र प्रवेश गर्ने परम्परा तोडिएको छ’

अस्मान तामाङ, प्रजिअ, चितवन – ‘निजामती सेवा मुलुकको स्थायी सरकार हो’

शशिधर घिमिरे, प्रजिअ, अर्घाखाँची – ‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’

परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’

दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया