शुक्रबार, वैशाख १४, २०८१

‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’

सार्वजनिक सेवाको माध्यम निजामती सेवा हो । जनतालाई सेवा गर्दै आफ्नो करिअर र व्यक्तित्व विकासका पाटासँगै ज्ञान-सीप पनि बढाउन पाएँ ।

नेपालखोज २०७८ साउन ३२ गते ९:५५

प्रदेश २ को सप्तरी जिल्लाको प्रशासनिक नेतृत्व अहिले जुम्लाका जयनारायण आचार्यको काँधमा छ । २०७८ असार १४ गतेदेखि सप्तरी जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आचार्य कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्थालगायत विषयमा प्रजिअ आचार्यलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।
आचार्यले निजामती सेवामा १८ वर्ष बिताइसकेका छन् । सप्तरीका प्रजिअ आचार्य यसअघि गृह मन्त्रालयमा कार्यरत थिए । गृह मन्त्रालय आउनुअघि उनी दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए । उनी सेवाग्राहीलाई सहज सेवा प्रदानका लागि आफू सदैव क्रियाशील रहेको बताउँछन् । भन्छन्, ‘मेरो चाहना सेवाग्राहीलाई सहज होस् भन्ने हो । कसैलाई सोध्नुहोला म मेरो कुर्सीमा भन्दा भन्दा बढी तल सेवाग्राहीकोमै हुन्छु ।’कामका दौरान कहिलेकाहीँ अनावश्यक दबाबहरू आउने गरेको उनको पनि अनुभव छ । तर, अनावश्यक दबाबमा आफू काम नगर्ने उनको भनाइ छ । ‘कामका दौरान दबाब आउँछन् । सेवाको हिसाबमा आउदैनन् सेवा हामीले दिनुपर्छ । हामी सहज तरिकाले दिन्छौं,’ उनी भन्छन्, ‘दबाबहरू आउँछन् तर कुनै पनि सम्बोधन हुँदैन/गरिँदैन ।’
सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो नयाँ अंक :

हाइलाइट्स :

–जिल्लाभर अहिले करिब एक सयको हाराहारीमा सक्रिय संक्रमित छन् । करिब ७० हजारले खोप लगाएको अवस्था छ । पूर्वाधारहरू पनि निर्माण गरिएका छन् । चारवटा बालमैत्री बेड छन् ।
–अहिले हामी कोभिड रोकथाम तथा नियन्त्रण गर्न ‘माक्स खै’ भन्ने अभियानमा छौं । नहुनेलाई माक्स वितरण पनि गर्छौं ।
–कोभिड रोकथाम गर्न सबैभन्दा पहिले व्यक्ति नै सचेत हुनुपर्छ । माक्स नलागाउने, माक्स चिउडोमा लगाउने, अधिकांश मानिसको माक्स नलगाउने प्रवृत्ति देख्न सकिन्छ ।
–नागारिक सचेत नभएसम्म कोभिड–१९ रोकथाम गर्ने कुरा सम्भव छैन । लापरबाही चरम छ । कारबाहीको पाटो, माक्स वितरणको पाटो, सचेत गराउने काम गरेका छौं ।
–मेरो चाहना सेवाग्राहीलाई सहज होस् भन्ने हो । कसैलाई सोध्नुहोला म मेरो कुर्सीमा भन्दा बढी तल सेवाग्राहीकोमै हुन्छु ।
–दैनिक ठूलो संख्यामा नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी बनाउने सेवाग्राहीहरू आउनुहुन्छ । उहाँहरूलाई सहज होस् भनेर म मेरो कुर्सीमा भन्दा पनि सेवाग्राहीसँगै हुन्छु ।
–हाम्रोमा आउने ठाडो उजुरी, निवेदन पहिला बाहिरबाट लेखेर आउँथे । म आएपछि सुधार गरेर के-के चाहिन्छ त्यो सबै तत्काल उपलब्ध गराएर मान्छे नै खटाएर सहयोगी डेस्क बनाएका छौं ।
–सेवाप्रवाहका लागि म आफैँ पुग्छु । केही दिनअघि एक अपांगता भएकाको घरमै पुगेर मैले नागरिकता दिएर आएँ ।
–कामका दौरान दबाब आउँछन् । सेवाको हिसाबमा आउँदैनन् सेवा हामीले दिनुपर्छ । हामी सहज तरिकाले दिन्छौं ।
–कतिपय अवस्थामा कर्मचारीसँग र राज्यसँग सेवाग्राहीको दूरी हुन्छ । सीडीओसँग भेट्न पाउँदैनन् । मेरा लागि गार्ड, तगारो, नाम लेखाउनुपर्ने त्यस्तो केही हुन्न म बाटामै हुन्छु । त्यहीँ सेवाग्राहीहरूको समस्या सुन्छु ।
–घरायसी कामले म सदमुकाम जाँदै थिए । बाटोमा लोकसेवा आयोग भन्ने सुनें । लोकसेवा आगोग के-हो त्यसपछि मैले बुझें । मैले सुनेकै आधारमा निजामती सेवातर्फ लागें ।
–म मेरो पेसाप्रति सन्तुष्ट छु । मैले राज्यले दिएको अधिकार उपयोग गर्न पाएको छु ।
–समग्रमा सप्तरी जिल्ला शान्तिपूर्ण छ । प्रभावकारी छ । तत्काल हामीलाई कुनै चुनौती छैन । सानातिना भइहाले पनि म्यानेज भइहाल्छ ।
–हामीसँग ७८ किलोमिटर लामो भारतसँगको सीमा छ । सीमा सुरक्षा, भूमि सुरक्षाको पाटोमा हामी प्रभावकारी छौं । चोरी–निकासी लागुऔषध ओसारपसारको कुरामा हामीले निगरानी बढाएका छौं ।


सप्तरी जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
जिल्लाभर अहिले करिब एक सयको हाराहारीमा सक्रिय संक्रमित छन् । करिब ७० हजारले खोप लगाएको अवस्था छ । पूर्वाधारहरू पनि निर्माण गरिएका छन् । चारवटा बालमैत्री बेड छन् ।

जिल्लामा कोरोना संक्रमणको व्यवस्थापन कसरी गर्नुभयो ?
कोभिड रोकथाम तथा नियन्त्रण गर्न ‘माक्स खै’ भन्ने अभियानमा छौं । नहुनेलाई माक्स वितरण गर्छौं । तेस्रो लहरको कोरोना पनि आउँछ भन्ने हल्ला छ । यहाँ १८ वटा पालिका छन्, प्रत्येक पालिकामा १० बेडको अस्पताल निर्माण गर्ने भनेर छलफल गरेका छौं ।

कोरोना संक्रमितको व्यवस्थापनका क्रममा कस्ता–कस्ता चुनौती आइलागे ?
सबैभन्दा पहिले व्यक्ति नै सचेत हुनुपर्छ । माक्स नलागाउने, माक्स चिउडोमा लगाउने, अझ अधिकांशमा माक्स नलगाउने प्रवृत्ति छ । लकडाउन खुलेपछि सबै कुरा सहज भयो । नगारिक सचेत नभएसम्म यी कुरा सम्भव छैन । लापरबाही चरम छ । कारबाहीको पाटो, माक्स वितरणको पाटो, सचेत गराउने काम गरेका छौं । हामीले आफ्नो तर्फबाट पूर्वतयारी पनि गरेका छौं । पूर्वाधार स्वास्थ्य संरचना सुधारका कुराहरूमा सक्रियता अलि कम भएको अनुभव छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मेरो चाहना सेवाग्राहीलाई सहज होस् भन्ने हो । कसैलाई सोध्नुहोला म मेरो कुर्सीमा भन्दा बढी सेवाग्राहीकोमै हुन्छु । दैनिक ठूलो संख्यामा नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी बनाउने सेवाग्राहीहरू आउनुहुन्छ । उहाँहरूलाई सहज होस् भनेर म मेरो कुर्सीमा भन्दा पनि त्यतैतिर व्यस्त हुन्छु । हाम्रोमा आउने ठाडो उजुरी निवेदन पहिला बाहिरबाट लेखेर आउँथे । म आएपछि सुधार गरेर अहिले के-के चाहिन्छ त्यो सबै उपलब्ध गराएर मान्छे नै खटाएर सहयोगी डेस्क बनाएका छौं । पूर्वाधारमा नागरिकलाई बस्न बेन्चहरूको व्यवस्था गरेको छु बाहिर । सेवाप्रवाहका लागि म आफैं पुग्छु । केही दिनअघि एक अपांगता भएको व्यक्तिको घरमै पुगेर नागरिकता दिएर आएँ । कतिपय बिरामीलाई आफ्नै गाडी लिएर अस्पतालसम्म पुर्‍याएको छु ।

कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
दबाब आउँछन् । सेवाको हिसाबमा आउँदैनन् । सेवा हामीले दिनुपर्छ । हामी सहज तरिकाले दिन्छौं । दबाबहरू आउँछन् तर कुनै पनि सम्बोधन हुँदैन ।

निजामती सेवामा कार्यसम्पादनका दौरान कुनै सेवाग्राहीको काम लामो समयदेखि नसुल्झिएर रहेको जसलाई तपाईंकै पहलमा निकास निकाल्ने गरी गरिदिएको कुनै काम अथवा घटना छ कि ?
छन्, एकदमै । मैले यसअघि २०६९ सालबाट नटुंगिएका नागरिकताका मुद्दाहरू सम्बोधन गरें । यहीँ आइसकेपछि पनि गुनासो, उजुरीहरू फटाफट गरिरहेका छौं ।

आफूले गरिदिएको कामबाट निकै खुसी भएको सेवाग्राही र आफूलाई पनि निकै आत्मसन्तुष्ट भएको जो अझै स्मरणीय लाग्ने कुनै घटना छ कि ?
कतिपय अवस्थामा कर्मचारीसँग र राज्यसँग सेवाग्राहीको दूरी हुन्छ । सीडीओसँग भेट्न पाउदैनन् । मेरा लागि गार्ड, तगारो, नाम लेखाउनुपर्ने त्यस्तो केही हुन्न । म बाटामै हुन्छु । त्यही उहाँहरू (सेवाग्राही) को समस्या सुन्छु ।

‘निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मेरो घर जुम्ला हो । म घरायासी कामले सदमुकाम जाँदै थिएँ । बाटोमा लोकसेवा आयोग भन्ने सुनें । लोकसेवा आयोग के-हो त्यसपछि मैले बुझें । मैले सुनेका आधारमा निजामती सेवातर्फ लागें ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म मेरो पेसाप्रति सन्तुष्ट छु । मैले राज्यले दिएको अधिकार उपयोग गर्न पाएको छु । सार्वजनिक सेवाको माध्यम निजामती सेवा हो । जनतालाई सेवा गर्दै आफ्नो करिअर र व्यक्तित्व विकासका पाटासँगै ज्ञान–सीप पनि बढाउन पाएँ ।

सप्तरी जिल्लाको शान्ति-सुरक्षाको अवस्था अहिले कस्तो छ ?
समग्रमा सप्तरी जिल्ला शान्तिपूर्ण छ । प्रभावकारी छ । तत्काल हामीलाई कुनै चुनौती छैन । सानातिना भइहाले पनि म्यानेज (व्यवस्थापन) भइहाल्छ ।

खुला सीमाबाट हुने अवैध चोरी-निकासी तथा लागुऔषध ओसारपसारको अवस्था नि ?
हामीसँग ७८ किलोमिटर लामो नेपाल-भारत सीमा छ । हामीले सीमाको सुरक्षा गर्न सकेका छौं । सीमा सुरक्षा, भूमि सुरक्षाको पाटोमा हामी प्रभावकारी छौं । चोरी-निकासी लागुऔषध ओसारपसारको कुरामा हामीले निगरानी राखिरहेका छौं ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिदिनुपर्ने हरेक नागरिकको दायित्व, कर्तव्य हो । आफ्नो स्वास्थ्यका लागि पनि सजग हुनुपर्छ । सार्वजानिक प्रशासन राज्यको संयन्त्र हो । यसैमार्फत सेवा, प्रवाह विकास निर्माण, नीति-निर्माणमा सहयोग हुने हो । यसलाई पनि माया गर्नुपर्छ । जगेर्ना गर्नुपर्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लाका प्रजिअ हरिप्रसाद घिमिरेसँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश २ को सप्तरी जिल्लाका जयनारायण आचार्यसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

ढुण्डीप्रसाद निरौला, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

पुण्यप्रसाद ढकाल, प्रजिअ, पाँचथर – ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

हरिप्रसाद घिमिरे, प्रजिअ,  डडेलधुरा – ‘प्रशासन भनेको आशाको धरोहर हो’

प्रतिक्रिया