बिहीबार, चैत १५, २०८०

‘सेवाग्राहीलाई सन्तुष्टि दिने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’

सेवाग्राहीलाई खुसी बनाउन धेरै ठूलो काम गर्नुपर्छ जस्तो लाग्दैन मलाई । गुनासो सुनिदिए मात्र उहाँहरू खुसी भइहाल्नुहुन्छ ।

नेपालखोज २०७८ भदौ ७ गते १०:०५


कर्णाली प्रदेशको सल्यान जिल्लाको प्रशासनिक नेतृत्व अहिले भक्तपुर सूर्यविनायककी लक्ष्मीदेवी होमागाईं खतिवडाको काँधमा छ । २०७७ फागुन १९ गतेदेखि सल्यान जिल्लाको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खतिवडा कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्थालगायत विषयमा प्रजिअ खतिवडालाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।
खतिवडाले निजामती सेवामा झन्डै ३२ वर्ष बिताइसकेकी छन् । सल्यानका प्रजिअ खतिवडा यसअघि जिल्ला प्रशासन कार्यालय काभ्रेमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिइन् । काभ्रे आउनुअघि उनी तेह्रथुम जिल्लाको प्रमुख जिल्ला अधिकारी थिइन् ।
आफू निजामती सेवामा एकदमै सन्तुष्ट रहेको बताउने प्रजिअ खतिवडालाई जनतासँगको सम्पर्क निकै मन पर्छ । ‘म सन्तुष्ट नै छु । पछिल्लो समय मलाई एकदमै पब्लिक कन्ट्याक मन पर्न लागेको छ । नायब सुब्बा भएर काम गर्दा पनि म पब्लिक कन्ट्याक हुने ठाउँमा नै काम गरें । जब अधिकृत भएँ तब पनि पब्लिक कन्ट्याक हुने नै ठाउँमा थिएँ,’ उनले नेपालखोजसँग भनिन्, ‘त्यसकारण मलाई जे जति प्राप्त भएको छ निजामती सेवाबाटै भएको छ । म एकदम खुसी छु ।’
सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईं खतिवडासँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो नयाँ अंक :

हाइलाइट्स :

-सल्यान जिल्लामा कोभिडको संक्रमण अलिकति घटेको छ । पछिल्लो समय संक्रमणदर न्यून देखिएको छ ।
-ल्याब नभएका कारण यहाँ पीसीआर गरिएको छैन । एन्टिजेन्ट परीक्षण मात्र भएको छ । त्यो पनि व्यापक रूपमा भने भएको छैन । हुँदै नभएकोचाहिँ होइन ।
-दोस्रो लहरको कोरोनाको सन्दर्भ हेर्दा कर्णाली प्रदेशमा सल्यान जिल्लालाई निकै आक्रान्त बनाएको थियो । मृत्युदर सल्यानमा निकै उच्च रह्यो ।
-दोस्रो लहरको कोरोनाको सुरुवातमा हामीले पालिकालाई कोभिड अस्पतालभन्दा पनि आइसोलेसन वार्ड बनाउन अनुरोध गर्‍यौं । सुरुमा पालिकाहरूले त्यति चासो देखाएनन् । जब संक्रमितहरूको मृत्यु भयो त्यसपछि बेड तयार गर्ने कुराहरू भयो ।
-दोस्रो लहरको बेला कोरोना संक्रमितको व्यवस्थापनमा मुख्य समस्या जिल्ला अस्पतालमा १४ वटा अक्सिजन सिलिन्डर मात्र रहेछ । यो जिल्ला अस्पतालमा हुनुपर्ने सिलिन्डरको संख्या निकै कम हो ।
-होम आइसोलेसनमा बस्नुपर्ने भएपछि कोरोना नियन्त्रण त्यति प्रभावकारी बन्न सक्दो रहेनछ । होम आइसोलेसनमा बस्दा वरपर छिमेकमा पनि जाने भएका कारण भुसमा आगो सल्किएको जसरी संक्रमण फैलियो ।
-हामीले एकैदिन चारवटा शव व्यवस्थापन गर्‍यौं । त्यतिबेला निकै दुःख लागेको थियो । त्यसबेला मुख्य समस्या अक्सिजनमा भयो ।
-सल्यान जिल्लामा पछिल्लो समय ठूलो पानी परेको छैन । जेठको अन्तिम साता र असारको पहिलो साता निकै पर्‍यो । धेरै सडकहरू अवरुद्ध भए ।
-वर्षातमा खेत रोप्न गएका १२ जना र गोरुहरू नदीको बीच भंगलामा बाढी आएको कारण रोकिनुभयो । उहाँहरूको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विशेष प्रयत्नमा हामीले उद्धार गर्‍यौं ।
-मैले मेरा सेवाग्राहीहरू सन्तुष्ट नै पाउँछु । मैले विगतमा अरू जिल्लामा पनि काम गरेको छु । त्यहाँ पनि सेवाग्राही सन्तुष्ट नै भएर जानुभएको अनुभव छ । मसँग महिला सेवाग्राहीहरुचाहिँ निकै खुलेर बोल्नुहुन्छ ।
-कामका दौरान मैले ठूलो खालको दबाब खेपेको छैन । सामान्य मुद्दामा भनसुन त भइहाल्छ । यो मलाई मात्र होइन सबै प्रजिअलाई हुन्छ ।
-सेवाग्राहीलाई खुसी बनाउन धेरै ठूलो काम गर्नु पर्छ जस्तो लाग्दैन मलाई । गुनासो सुनिदिए मात्र उहाँहरू खुसी हुनुहुन्छ ।
-मैले यसकारण तपाईको काम भएन यो यस्तो हो भनेर बुझाएर पठाउँछु । सेवाग्राहीहरूले पनि यसलाई नकार्नु भएको छैन । यो नै उहाँहरूको सन्तुष्टि हो जस्तो लाग्छ मलाई ।
-खास मेरो मेनेजमेन्ट हो पढाइ । मैले बैंकहरूतिर पनि परीक्षा दिएँ । बैंकमा नाम निस्केन निजामतीतर्फ निस्कियो । सुरुमा बैंक वा बिमा संस्थानतिर जान्छु भन्ने थियो । मेनेजमेन्ट पढेको यसैसँग मिल्ने क्षेत्रतिर जान्छु भन्ने थियो हुन त प्रशासन पनि मेनेजमेन्ट नै हो ।
-म मेरो पेसाप्रति सन्तुष्ट छु । पछिल्लो समय मलाई एकदमै पब्लिक कन्ट्याक मन पर्न लागेको छ । त्यसकारण मलाई निजामती सेवामा जे जति प्राप्त भएको एकदम खुसी छु ।
-सल्यान जिल्लाको शान्ति-सुरक्षाको अहिले अवस्था सामान्य छ । कोभिडको पनि सामान्य छ । पसल यातयात सबै खुलेका छन् । तेस्रो लहरको कोरानाको सम्भावना छ त्यसको पनि तयारीमा छौं ।
-मैले महिलालाई प्रमुख पदमा हेर्ने दृष्टिकोण अलि फरक पाउँछु । ०५५ सालमा सहकारी कार्यालयको प्रमुख भएर झापा जाँदा म प्रमुख हुँदाहुँदै सेवाग्राही पुरूषलाई खोज्नुहुन्थ्यो । अहिलेसम्म पनि मैले यो स्थिति भोगिरहेको छु ।

सल्यान जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
हाम्रोमा कोभिडको संक्रमण अलिकति घटेको छ । साउनको सुरुमा ९४ जना जति संक्रमित हुनुहुन्थ्यो । अहिले घट्दै-घट्दै आएर साउन १६ गते संक्रमितको संख्या ३३ जना पुग्यो । अहिले (भदौ ३ गते बिहीबारसम्म) ४३ जना सक्रिय संक्रमित हुनुहुन्छ । ल्याब नभएका कारण यहाँ पीसीआर गरिएको छैन । एन्टिजेन्ट परीक्षण मात्र भएको छ । त्यो पनि व्यापक रूपमा भने भएको छैन । हुँदै नभएको चाहिँ होइन । पछिल्लो समय संक्रमणदर न्यून देखिएको छ ।

जिल्लामा कोरोना संक्रमणको व्यवस्थापन कसरी गर्नुभयो ?
कर्णाली प्रदेशको सन्दर्भलाई हेर्दा कोरोनालाई सल्यान जिल्लालाई निकै आक्रान्त बनाएको थियो । मृत्युदर सल्यानमा निकै उच्च रह्यो । दोस्रो लहरको कोरोनाको कारण करिब सयजनाको मृत्यु भयो । पालिकाको अस्पतालमा आउनेलाई त्यही उपचार गरायौं । त्यहाँ उपचार नभएको हकमा वीर अस्पतालमा, जिल्लामा उपचार नभएको हकमा प्रदेश अस्पताल सुर्खेत र कोहलपुर अस्पताल, भेरी अस्पताल बाँकेमा रिफर गरेर पठाउने गरेका थियौं । जिल्ला अस्पतालमा २६ वटा बेड रखेर हामीले उपचार गर्‍यौं । हुन त हाम्रो जिल्ला अस्पताल १५ बेडको हो । अहिले त्यहाँ ३५ बेड सञ्चालनमा ल्याइएको छ । त्यसबेला २६ बेड कोरोना संक्रमितका लागि छुट्याएका थियौं । भेन्टिलेटर नभएका कारण हामीले केही बिरामीलाई रिफर गरेका थियौं । दोस्रो लहरको कोरोनाको सुरुवातमा हामीले पालिकालाई कोभिड अस्पतालभन्दा पनि आइसोलेसन वार्ड बनाउन अनुरोध गर्‍यौं । सुरुमा पालिकाहरूले त्यति चासो देखाएनन् । जब संक्रमितहरूको मृत्यु भयो त्यसपछि बेड तयार गर्ने कुराहरू भयो । त्यतिबेला समस्या के पर्‍यो भने जिल्ला अस्पतालमा १४ वटा अक्सिजन सिलिन्डर मात्र रहेछ । यो जिल्ला अस्पतालमा हुनुपर्ने सिलिन्डरको संख्या निकै कम हो । सिलिन्डर उपलब्ध गराउन अभियान्ताहरूले पनि सहयोग गर्नुभयो । पछि संघीय मन्त्रालयबाट पनि प्राप्त भयो अहिले हामीसँग जिल्ला अस्पतालमा सयवटा सिलिन्डर छन् ।

म मेरो पेसाप्रति सन्तुष्ट छु । पछिल्लो समय मलाई एकदमै पब्लिक कन्ट्याक मन पर्न लागेको छ । त्यसकारण मलाई निजामती सेवामा जे जति प्राप्त भएको एकदम खुसी छु ।

कोरोना संक्रमितको व्यवस्थापनका क्रममा कस्ता–कस्ता चुनौती आइलागे ?
सुरुमा हामीले माक्स लगाउनुपर्छ भनेर नै जोड गर्‍यौं । संक्रमितको संख्या बढ्दै गएपछि हामीले निषेधाज्ञा गर्‍यौं । प्रहरी परिचालन गर्‍यौं । बाटोमा हिँड्डुल गर्न प्रहरीबाट नियन्त्रण भए पनि होम आइसोलेसनमा बस्नुपर्ने भएपछि नियन्त्रण त्यति प्रभावकारी बन्न सक्दो रहेनछ । छुट्टै रूम, बाथरूम पनि नहुने रहेछ होम-आइसोलेसनमा । सुरुमा परीक्षण पनि नगर्ने अक्सिजनको लेबल कम भएपछि मात्र परीक्षण गराउने । होम आइसोलेसनमा बस्दा वरपर छिमेकमा पनि जाने भएका कारण भुसमा आगो सल्किएको जसरी संक्रमणा फैलियो । हामीले एकदिन चारवटा शव व्यवस्थापन गर्‍यौं । त्यतिबेला निकै दुःख लागेको थियो । मुख्य समस्या अक्सिजनमा भयो । अक्सिजन व्यवस्थापन गर्न हामी एक दिन सुत्दा पनि सुतेनौं ।

सेवाग्राहीलाई खुसी बनाउन धेरै ठूलो काम गर्नुपर्छ जस्तो लाग्दैन मलाई । गुनासो सुनिदिए मात्र उहाँहरू खुसी हुनुहुन्छ ।

सल्यान जिल्लामा प्राकृतिक प्रकोपको पछिल्लो अवस्था कस्तो छ ?
पछिल्लो समय यहाँ ठूलो पानी परेको छैन । जेठको अन्तिम साता र असारको पहिलो साता निकै पानी पर्‍यो । धेरै सडक अवरूद्ध भए । शारदा नदी छ यहाँ । त्यहाँ खेत रोप्न गएका १२ जना र गोरूहरू नदीको बीच भंगलामै रोकिनुभयो एक्कासि बाढी आएका कारण । उहाँहरूको हामीले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विशेष प्रयत्नमा उद्धार गर्‍यौं । हामीले हेलिकोप्टर पनि झिकाएका थियौं मौसमको प्रतिकूलताका कारण आउन सकेन । अरू त्यस्तो ठूलो घटना भने भएको छैन ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म यसमा चाहिँ सफल नै छु जस्तो लाग्छ । सेवाग्राहीहरू सन्तुष्ट नै पाउँछु । मैले विगतमा अरू जिल्लामा पनि काम गरेको छु । त्यहाँ पनि सेवाग्राही सन्तुष्ट नै भएर जानुभएको अनुभव छ । मसँग विशेष महिला सेवाग्राहीचाहिँ निकै खुलेर बोल्नुहुन्छ ।

निजामती सेवामा कार्य-सम्पादनका दौरान कुनै सेवाग्राहीको काम लामो समयदेखि नसुल्झिएर रहेको जसलाई तपाईंकै पहलमा निकास निकाल्ने गरी गरिदिएको कुनै काम अथवा घटना छ कि ?
त्यस्ता काम त धेरै भए होलान् । कानुनले नमिल्ने काम हामीले गर्नु हुँदैन । व्यवहारिकता हेरेर काम गरेका अझ नागरिकताका कुराहरु धेरै छन् ।

आफूले गरिदिएको कामबाट निकै खुसी भएको सेवाग्राही र आफूलाई पनि निकै आत्मसन्तुष्ट भएको जो अझै स्मरणीय लाग्ने कुनै घटना छ कि ?
धेरै ठूलो काम गर्नुपर्छ जस्तो लाग्दैन मलाई । सेवाग्राहीको गुनासो सुनिदिए मात्र उहाँहरू खुसी हुनुहुन्छ । उहाँहरूलाई यो काम हुन्छ यो काम हुँदैन भनेर पठाउँदा यो डकुमेन्ट लिएर आउनू भनेर प्रफुल्ल भएर नै फर्कनुहुन्छ । हामीले व्यस्ततामै हुन्छौं । व्यस्त भए पनि सेवाग्राहीलाई सम्मान गर्नुपर्छ भनेर मैले पहिले नै सिकेको छु । यसकारण तपाईंको काम भएन यो यस्तो हो भनेर बुझाएर पठाउँछु म । उहाँहरूले यसलाई नकार्नु भएको छैन । यो नै उहाँहरूको सन्तुष्टि हो जस्तो लाग्छ मलाई । हामीले रेगुलर हुने काममा कुनै ढिला गर्दैनौं ।

मैले महिलालाई प्रमुख पदमा हेर्ने दृष्टिकोण अलि फरक पाउँछु । ०५५ सालमा सहकारी कार्यालयको प्रमुख भएर झापा जाँदा म प्रमुख हुँदाहुँदै सेवाग्राही पुरुषलाई खोज्नु हुन्थ्यो । अहिलेसम्म पनि मैले यो स्थिति भोगिरहेको छु ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
खास मेरो मेनेजमेन्ट हो पढाइ । मैले बैंकहरूतिर पनि परीक्षा दिएँ । बैंकमा नाम निस्किएन, निजामतीतर्फ निस्कियो । सुरुमा बैंक वा बिमा संस्थानतिर जान्छु भन्ने थियो । मेनेजमेन्ट पढेको यसैसँग मिल्ने क्षेत्रतिर जान्छु भन्ने थियो हुन त प्रशासन पनि मेनेजमेन्ट नै हो ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट नै छु । पछिल्लो समय मलाई एकदमै पब्लिक कन्ट्याक मन पर्न लागेको छ । नायब सुब्बा भएर काम गर्दा पनि म पब्लिक कन्ट्याक हुने ठाउँमा नै काम गरें । जब अधिकृत भएँ तब पनि पब्लिक कन्ट्याक हुने नै ठाउँमा थिएँ । त्यसकारण मलाई जे जति प्राप्त भएको छ निजामती सेवाबाट, एकदम खुसी छु म ।

सल्यान जिल्लाको अहिले शान्ति-सुरक्षाको अवस्था कस्तो छ ?
अहिले अवस्था सामान्य छ । कोभिडको पनि सामान्य छ । पसल यातयात सबे खुलेका छन् । तेस्रो लहरको कोरानाको सम्भावना छ त्यसको पनि तयारीमा छौं ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
महिलालाई प्रमुख पदमा हेर्ने दृष्टिकोण अलि फरक पाउँछु मैले । २०५५ सालमा सहकारी कार्यालयको अधिकृत (प्रमुख) भएर झापा जाँदा म प्रमुख हुँदाहुँदै पुरूषलाई खोज्नु हुन्थ्यो । मलाई हेरर पुरूष खोज्दै जानुहुन्थ्यो सेवाग्राही । यो स्थिति मैले अहिलेसम्म भोगिरहेको छु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि प्रदेश २ को सप्तरी जिल्लाका प्रजिअ जयनारायण आचार्यसँग कुराकानी गरेका थियौं । यसपटक हामीले कर्णाली प्रदेशको सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईं खतिवडासँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

ढुण्डीप्रसाद निरौला, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

पुण्यप्रसाद ढकाल, प्रजिअ, पाँचथर – ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

हरिप्रसाद घिमिरे, प्रजिअ,  डडेलधुरा – ‘प्रशासन भनेको आशाको धरोहर हो’

जयनारायण आचार्य, प्रजिअ,  सप्तरी – ‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’

sharethis sharing button

प्रतिक्रिया