आइतबार, वैशाख १४, २०८२

‘सेवाग्राहीले नतिजा खोज्छ, हामी प्रक्रिया फलो गर्छौं’

नेपालखोज २०७८ फागुन २ गते ९:५५

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको प्रशासनिक नेतृत्व अहिले बैतडीका शंकरबहादुर विष्टको काँधमा छ । २०७८ असोज २० गतेदेखि डोटीको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्ट कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ विष्टलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा २५ वर्ष बिताएका डोटीका प्रजिअ विष्ट यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए ।
प्रजिअ विष्ट निजामती सेवालाई रोजगारको सबैभन्दा ठूलो सेवाका रुपमा मान्छन् । यद्यपि निजामती सेवासँगै अरु विकल्पहरु पनि रहेको उनको भनाइ छ । ‘हाम्रा लागि यो रोजगारको सबैभन्दा ठूलो सेवा छ अहिले अरु विकल्पहरु कम छन् नेपालमा । ५०-६० सिटको विज्ञापन खुलेकामा हजारौंको आवेदन परेको हुन्छ,’ प्रजिअ विष्टले नेपालखोजसँग भने, ‘ यसको अर्थ आकर्षण नभएको होइन आकर्षण छ । विकल्प कम भएका कारणले पनि यो हुन सक्छ ।’
डोटीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शंकरबहादुर विष्टसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ४४औं शृंखला :

हाइलाइट्स :
-झन्डै २५ वर्षको निजामती सेवामा विभिन्न कार्यालयमा काम गर्दा आफूलाई प्राप्त जिम्मेवारी प्रचलित कानुनबमोजिम आफ्नो कार्यक्षेत्रभित्र रहेरै गरियो ।
-जनअपेक्षा धेरै हुन्छन् । हाम्रा कानुनी जटिलता, प्रक्रियागत झमेलाहरुले गर्दा सेवाग्राहीको अपेक्षाअनुसार नभएको अवस्था हुन सक्छ । तर हामीले दिनुपर्ने सेवा समयमै दिएका छौं, सही ढंगले दिएका छौं भन्ने लाग्छ मलाई ।
-दबाब आए पनि अनावश्यक छ भने हामी सम्बोधन गर्दैनौं । यो त हाम्रो सामान्य कल्चर जस्तै भइसकेको छ । कुनै नमिल्ने कामलाई पनि गरिदिनु पर्‍यो, हेरिदिनुर्‍यो भन्ने जस्तो कुरा हुन्छ । हामी त कानुलाई पालना गर्ने हो । न्यायोचित ढंगले सेवाग्राहीको हितमा हुने किसिमले गलत नियत नराखी असल मनासयले गर्ने काम बेग्लै भए । नियम प्रक्रिया मापदण्डविपरीत कसैले काम गर्न लगाउँछ भने, दबाब दिन्छ भने त्यसलाई मान्ने कुरा हुँदैन ।
-कर्मचारी समायोजनसम्बन्धी ऐन आयो यसमा पनि केही विवाद थियो । यो कानुनहरु नबन्दा अलिकति गाह्रो भने भएको छ ।
-हाम्रा लागि निजामती सेवा रोजगारको सबैभन्दा ठूलो सेवा छ अहिले अरु विकल्पहरु कम छन् नेपालमा । ५०-६० सिटको विज्ञापन खुलेकामा हजारौंको आवेदन परेको हुन्छ ।
-सरुवाले निश्चित रुपमा कार्यसम्पादनमा असर पार्छ । निजामती सेवा ऐन नियमावालीमा निश्चित व्यवस्थाहरु छन् । सरुवालगायतका कुराहरु त्यसमा छन् । तर व्यवहारमा यसको प्रयोग भएको पाइँदैन ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
आजको दिनसम्म मैले झन्डै २५ वर्ष निजामती सेवामा बिताएको छु । यस अवधिमा मैले विभिन्न कार्यालयमा काम गर्दा आफूलाई प्राप्त जिम्मेवारी प्रचलित कानुनबमोजिम आफ्नो कार्यक्षेत्रभित्र रहेर काम गरियो । हाम्रो निजामती ऐनले नै जुन उद्देश्य राखेको छ जस्तो जनमैत्री सेवा, नागरिक नीति सेवाका कुरालगायत भित्रै रहेर कार्यसम्पादन गर्ने गरिएको छ । जनअपेक्षा धेरै हुन्छन् हाम्रा कानुनी जटिलता, प्रक्रियागत झमेलाहरुले गर्दा सेवाग्राहीको अपेक्षाअनुसार नभएको अवस्था हुन सक्छ । तर हामीले दिनुपर्ने सेवा समयमै दिएका छौं, सही ढंगले दिएका छौं भन्ने लाग्छ मलाई । पछिल्लो समय म जिल्ला प्रशासनमा छु । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायत अन्य पदमा रहेर काम गरियो । जिल्ला प्रशासनको कार्यक्षेत्रभित्र पर्ने जुन सेवा हो खासगरी शान्ति सुरक्षा, गुनासो सुनुवाइ गर्ने, अरु सरकारी निकायको काम कारबाही सहजीकरण गर्ने यी कार्य हामीले गरिरहेकै छौं । हामीले कार्यालयबाट दिनुपर्ने सूचनाहरु उपलब्ध गराउने, यही अथवा अन्य सरकारी निकायविरुद्ध कुनै गुनासो भयो भने त्यसलाई तत्काल सम्बोधन गर्ने कुरा हाम्रो तहबाट भए गर्ने नभए सम्बन्धित निकायमा पठाउनुपर्ने अवस्था रहे उतै पठाउने काम हामीले गरिरहेका छौं । सार्वजनिक सेवाको सवालमा कतै अप्ठ्यारो परेको, बाधा पुगेको, दु:ख दिएको, अनियमिततको कुरा हामीले सुन्न पाएका छैनौं । त्यसले गर्दा शतप्रतिशत त म भन्न सक्दिनँ अधिकांश सेवाग्राही सन्तुष्ट हुनुहुन्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दबाब आए पनि अनावश्यक छ भने हामी सम्बोधन गर्दैनौं । यो त हाम्रो सामान्य कल्चर जस्तै भइसकेको छ । कुनै नमिल्ने कामलाई पनि गरिदिनु पर्‍यो, हेरिदिनुर्‍यो भन्ने जस्तो कुरा हुन्छ । हामी त कानुलाई पालना गर्ने हो । न्यायोचित ढंगले सेवाग्राहीको हितमा हुने किसिमले गलत नियत नराखी असल मनासयले गर्ने काम बेग्लै भए । नियम प्रक्रिया मापदण्डविपरीत कसैले काम गर्न लगाउँछ भने, दबाब दिन्छ भने त्यसलाई मान्ने कुरा हुँदैन । यही कुराले सबै सेवाग्राहीको अपेक्षा पूरा गर्न नसकिएको अवस्था हो । धेरै कार्यालयमा अझै पनि जनशक्तिको अभाव छ । कतिपय कार्यालयमा कानुनी स्वायत्त्ता नभएका कारणले र प्रक्रियामा ढिला निजामतीको प्रकृति पनि छ । सेवाग्राहीले नतिजा खोज्छ । हामी प्रक्रिया फलो गर्छौं । यसले काममा ढिलाइ हुने हुन्छ ।

संघीयताअघि र अहिलेको निजामती सेवाको कार्यसम्पादनमा के फरक पाउन सकिन्छ ?
पहिला सबै कुरा केन्द्रबाटै निर्देशित हुन्थे । अहिले तीन तहको सरकार छ । सबै तहको आ-आफ्नो अधिकार क्षेत्रहरु छन् । कानुनले तोकिदिएको छ । अहिले पनि संघीय कानुनमै निजामती सेवा छ । प्रदेशको निजामती सेवा ऐनसम्बन्धी कानुन बनेको छैन । स्थानीयमा पनि छैन । यसले थप अन्योल थपेको छ । कर्मचारी समायोजनसम्बन्धी ऐन आयो यसमा पनि केही विवाद थियो । यो कानुनहरु नबन्दा अलिकति गाह्रो भएको छ । अहिले अलिकति घेरो साँघुरो भयो नि भन्ने पनि छ ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
यस्ता त धेरै छन् । मैले ठयाक्कै सम्झनचाहिँ सकिनँ । अहिले हामी एकदम विकट दुर्गम ठाउँमा काम गरिरहेका छौं । सेवाग्राहीहरु धेरै टाढाबाट आउनुहुन्छ । समयमा सेवा पाउनुभएन भने यहाँ बासको समस्या होला । समयमै घर फर्कन नसक्ने समस्याहरु हुन सक्छन् । यही कुरालाई ध्यानमा राखेर १०-५ मात्र नभई अफ आवर पनि हामीले काम गरेका छौं । बिहान-बेलुका दुवै समय । सूचना अधिकारीको व्यवस्था गरेका छौं, कार्यालयमा नागरिक बडापत्र राखेका छौं, यो कामका लागि यो यो कागज चाहिन्छ, शुल्क यति लाग्छ यो कर्मचारीकोमा जानुपर्छ पढलेख गर्न नसक्नेलाई सहायता कक्ष राखेर नागरिकलाई सहज बनाउने काम गरेका छौं ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मेरो कलेज अध्ययनको दौरान साथीभाइहरुले सल्लाह र सामान्य कामका लागि पनि यही ठोक्किनुपर्ने अवस्था थियो । र म पनि यस्तै कर्मचारी बन्नुपर्छ भन्ने थियो यही कारणले यता जोडिन आइपुगें ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
हाम्रा लागि यो रोजगारको सबैभन्दा ठूलो सेवा छ अहिले अरु विकल्पहरु कम छन् नेपालमा । ५०-६० सिटको विज्ञापन खुलेकामा हजारौंको आवेदन परेको हुन्छ । यसको अर्थ आकर्षण नभएको होइन आकर्षण छ । विकल्प कम भएका कारणले पनि यो हुन सक्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
सरुवाले निश्चित रुपमा कार्यसम्पादनमा असर पार्छ । निजामती सेवा ऐन नियमावालीमा निश्चित व्यवस्थाहरु छन् । सरुवालगायत कुराहरु त्यसमा छन् । तर व्यवहारमा यसको प्रयोग भएको पाइँदैन । कुनै कर्मचारी जिम्मेवारीमा जाँदा त्यहाँको वस्तुअवस्थिति नबुझीकन उसका जिम्मेवारीका काम गरी नसक्दै सरुवा हुँदा कार्यसम्पादनमा असर पर्छ । उसले त्यहाँको अवस्था बुझेकै हुँदैन त्यहाँको जिम्मेवारी पूरा गर्न पाएकै हुँदैन ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
केही कुरा राख्ने अवसर दिनुभयो यसका लागि धेरै-धेरै धन्यवाद । लोकसेवा भनेको सुरुदेखि नै सबैको आकर्षणमा रहेको सेवा हो । यसमा हुने हामी सबै सेवाग्राहीप्रति उत्तरदायी हुनुपर्छ । यो आवश्यक पनि छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले प्रदेश १ को पहाडी जिल्ला ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङसँग कुराकानी गरेका थियौं । यसपटक हामीले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

दिलकुमार तामाङ, प्रजिअ, ओखलढुंगा – ‘सार्वजनिक प्रशासनको मियो नै निजामती सेवा हो’

नवराज जैशी, प्रजिअ, रसुवा – ‘अनुभव पढेर होइन गरेर आफैं पाइने कुरा हो’

कृष्णबहादुर कटुवाल, प्रजिअ, बारा – ‘हामी जनताकै छोरा हौं, जनताले दु:ख नपाउने गरी काम गर्नुपर्छ’

खिमराज भुसाल, प्रजिअ, प्युठान – ‘जनतालाई सेवा गर्ने उपयुक्त अवसर’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया