शनिबार, वैशाख ८, २०८१

‘पेसाको गौरव आफैंले बढाउनुपर्छ’

नेपालखोज २०७८ भदौ २८ गते ९:४७

कालीकोट दुर्गम जिल्ला हो । यहाँ कोही मान्छे लड्छ, घाइते हुन्छ र उसलाई हेलिकोप्टर चाहियो भन्ने माग आउँछ । यस्तो अवस्थामा सरकारले हेलिकोप्टर त उपलब्ध गराउन सक्दैन नि ।


कर्णाली प्रदेशको पहाडी जिल्ला कालीकोट । कालीकोटको प्रशासनिक नेतृत्व अहिले दैलेखका कृष्णप्रसाद आचार्यको काँधमा छ । २०७७ मंसिर ७ देखि कालीकोट जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आचार्य कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्थालगायत विषयमा प्रजिअ आचार्यलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।
आचार्यले निजामती सेवामा २५ वर्ष बिताइसकेका छन् । कालीकोटका प्रजिअ आचार्य यसअघि इलाका प्रशासन कार्यालय दमक झापामा कार्यरत थिए । उनी आफ्नो पेसाको गौरव आफैंले बढाउनुपर्नेमा जोड दिन्छन् । ‘पेसाको गौरव आफैंले बढाउनुपर्ने हो । पछिल्लो ट्रेन्ड हेर्दा नियम–विधि पटक–पटक परिवर्तन भएको छ । दीर्घकालीन असर हेरेर नीतिहरू नआउने भएकाले यही ठाउँमा लागेर आफ्नो क्यारिअरको उन्नति नहुने र नहुने ठाउँमा पनि भइरहेको अवस्था छ,’ उनी भन्छन्, ‘यो राज्यको नीतिले फरक पर्छ ।
’कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो नयाँ अंक :

हाइलाइट्स :
–कालीकोटमा कोभिड संक्रमणको अवस्था अहिले एकदमै सामान्य छ । यहाँका विद्यालयहरू यही भदौ १ गतेबाटै नियमित रूपमा सञ्चालनमा आएका छन् । कोभिड अस्पताल पनि सञ्चालनमै छ । तर त्यसमा ३–४ जना मात्र संक्रमित छन् । जिल्लाभर २५–२६ जना सक्रिय संक्रमित छन् । उहाँहरूको अवस्था सामान्य छ ।
–सीसीएमसीले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि ल्यायो । त्यहीअनुसार यहाँको कोरोना संक्रमण अवस्था विश्लेषण गर्दा परिस्थिति एकदम सामान्य देखियो । अनि भदौ १ गतेदेखि विद्यालय सञ्चालनमा ल्यायौं । सरकारी कार्यालयहरू मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम गरेर पहिलादेखि नै सञ्चालनमा ल्याइरहेका थियौं ।
–अहिले यहाँको सरकारी कार्यालयमा सेवाग्राहीको चाप नियमित नै छ । प्रहरी, विभिन्न संस्थामार्फत ‘मास्क लगाऔं’, ‘भौतिक दूरी कायम गरौं’ भन्ने जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौं ।
–कालीकोट वर्षभरि नै प्रकोपको समस्या भएको जिल्ला हो । बर्खामा मनसुनजन्य प्रकोपबाट अझ प्रभावित हुने गरेको छ । यहाँ बाढी पहिरो र चट्याङले ५२ जनाको मृत्यु भयो । ११ सय ४४ घर आंशिक र पूर्ण रूपमा क्षति भएको अवस्था छ ।
–यो वर्ष यहाँ उल्लेखनिय रुपमा पानीले दुःख दिएको छैन । यो जिल्ला पहाड र हिमालको बीचमा छ । दुईवटा नदीले बीचमा काटेको छ । ठूला पहिरोहरू आइरहने र राजमार्गहरू बेलाबेलामा अवरुद्ध भइरहने हुन्छ । यद्यपि ठूलो मानवीय र भौतिक क्षति भएको छैन ।
–यहाँ कामका दौरान दबाबहरू आएका छैनन् । दबाबभन्दा पनि सानोतिनो कुरामा ठूलो झगडा गर्ने । इस्यु नभए पनि पक्राउ गर भन्ने । एकदिन थुनामा राख्दै भन्ने । यस्तोखालको अपेक्षा राख्ने हुँदा रैछन् ।
–पहिलाको घरमा नागरिकता बनाएका तर श्रीमान् बितेपछि अर्को विवाह गरेर गएका महिलाले नागरिकता पाउन गाह्रो रहेछ । कागजी कुरामा समस्या हुँदो रहेछ । श्रीमान्‌सँगको सम्बन्धविच्छेद भएको कागजमा समस्या रहेछ । सम्बन्धविच्छेद भएको होइन मृत्यु भएको कहाँबाट विच्छेदको प्रमाणपत्र ल्याउनु । लोग्नेको मृत्युदर्ता ल्याउन पनि समस्या पर्दो रहेछ । उनीहरूको समस्या बुझेर मैले स्थानीय पालिकालाई मृत्यु भइसकेको भनेर लेखिदिएपछि त श्रीमान्‌को मृत्य भएपछि महिलालाई विवाह गर्ने अधिकार त छदै छ । अहिले यहाँ यसरी धेरैले नागरिकता लिएका छन् ।
–हाम्रो पुरानो चलन के छ भने मान्छेसँग नबोल्ने, झर्केर बोल्ने छ । त्यो भएर सेवाग्राही खुलेर पनि बोल्न नसक्ने अवस्था हुन्छ । तर उहाँहरूसँग कहाँबाट आउनुभयो, बस्नुस्, के समस्या भयो, छोरा कता छन् छोरी कतिवटा छन् यस्ता सामान्य कुरा गरेर काम हेरिदियो भने सेवाग्राहीमा अनौठो अनुभूति हुने रैछ । त्यो गर्दा हामीलाई आत्मसन्तुष्टि पनि मिल्दो रहेछ र नागरिकलाई हामीले हेर्दा रहेछ भन्ने पनि अनुभूति हुने रैछ ।
–कालीकोटको शान्ति–सुरक्षाको अवस्था एकदम राम्रो छ । राजनीतिक दलहरू आ-आफ्नो कार्यक्रम लिएर जनताको माझ पुगिरहेको अवस्था छ । यद्यपि आफ्नो स्वार्थका लागि जनतामा प्रभाव राख्न र्‍याली गर्ने जुलुस गर्ने गरिरहनुभएको छ । हामी त्यसमा सतर्क छौं ।

कालीकोट जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
कोभिड संक्रमणको अहिलेको अवस्था एकदम सामान्य अवस्था छ । भदौ १ गतेबाट विद्यालय सञ्चालनमा आएका छन् । कोभिड अस्पताल पनि सञ्चालनमै छ तर त्यसमा ३-४ जना मान्छे छन् । जिल्लाभर २५–२६ सक्रिय संक्रमित छन् । उहाँहरूको अवस्था सामान्य छ । पछिल्लो एक-दुई महिनादेखि त्यस्तो क्रिटिकल अवस्थामा कोही पनि संक्रमित छैनन् । स्मार्ट लकडाउनसम्बन्धी लकडाउन कार्यविधि ल्यायो सीसीएमसीले त्योअनुसार यहाँको कोरोना संक्रमण अवस्था विश्लेषण गर्दा परिस्थिति एकदम सामान्य देखियो । अनि १ गतेदेखि विद्यालय सञ्चालनमा ल्यायौं । सरकारी कार्यालयहरू मास्क, स्यानिटाइजर र सामाजिक दूरीकायम गरेर पहिलादेखि नै सञ्चालनमा ल्याइरहेका थियौं ।

कोभिड-१९ पश्चात् सरकारी कार्यालयमा सेवाग्राहीको चाप कस्तो छ ?
सेवाग्राहीको चाप नियमित नै छ । मास्क स्यानिटाइजर प्रयोग गरिरहेका छन् । प्रहरी, विभिन्न संस्थामार्फत ‘मास्क लगाऔं’, ‘भौतिकदूरी कायम गरौं’ भन्ने जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौं ।

कालीकोट जिल्लामा बाढी-पहिरोको अवस्था कस्तो छ ?
यो वर्षभरि नै प्रकोपको समस्या भएको जिल्ला हो । बर्खामा मनसुनजन्य प्रकोपबाट अझ प्रभावित हुने गरेको छ । यहाँ बाढी-पहिरो र चट्याङले ५२ जनाको मृत्यु भयो । ११ सय ४४ घर आंशिक र पूर्ण रूपमा क्षति भएको अवस्था हो यो जिल्लामा । यो वर्ष पहिरो खसेर ढुंगाले लागेर तीनजनाको मृत्यु भएको छ । उही उल्लेखनीय रूपमा पानीले दुःख दिएको छैन । यो जिल्ला पहाड र हिमालको बीचमा छ र दुईवटा नदीले बीचमा काटेको छ । ठूला पहिरोहरू आइरहने र राजमार्गहरू बेलाबेलामा अवरुद्ध भइरहने हुन्छ । यद्यपि ठूलो मानवीय र भौतिक क्षति भएको छैन ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
यहाँ त्यस्तो दबाबहरू छैन । दबाबभन्दा पनि सानोतिनो कुरामा ठूलो झगडा गर्ने । इस्यु नभए पनि पक्राउ गर् भन्ने । एकदिन थुनामा राख्दे भन्ने । यस्तोखालको अपेक्षा राख्ने हुँदा रैछन् । दबाब त होइन यस्तोखालको चाहना भने राख्छन् । दबाब प्रभावमा परेर हामीले त्यस्तो काम भने गरेका छैनौं । अर्काे कुरा यो दुर्गम ठाउँ हो, यहाँ कोही मान्छे लड्छ घाइते हुन्छ र उसलाई हेलिकोप्टर चाहियो भन्ने माग राख्छ यस्तो अवस्थामा सरकारले हेलिकोप्टर उपलब्ध गराउन सक्दैन । हामी दुर्गममा भएकाले हाम्रो समस्या राज्यले सुन्नुपर्छ भन्ने उहाँको चाहाना होला तर यो राज्यको नीतिभन्दा बाहिरको कुरा हो । कोही रक्सी खाएर लड्यो भने कसरी उद्धार गर्ने हेलिकोप्टरमा ?

निजामती सेवामा कार्यसम्पादनका दौरान कुनै सेवाग्राहीको काम लामो समयदेखि नसुल्झिएर रहेको जसलाई तपाईंकै पहलमा निकास निकाल्ने गरी गरिदिएको कुनै काम अथवा घटना छ कि ?
यो जिल्लामा त यस्तो घटना भएको छैन । तर अरू जिल्लामा भएको छ । एउटा काका भतिजको केस थियो । काकाले भतिजलाई जग्गा दिन्छु भनेर पैसा लिएछन् । खेत दिन्छु भनेर मालपोतमा पुग्दाचाहिँ पाखाको नम्बर हालिदिएछन् । ३-४ वर्षपछि काकाले भतिजलाई खेत जोत्न दिएनन् । त्यो जिल्ला सर्वोच्चमा पुग्यो । अनि मसँग आउनुभयो । काकाको नियत भतिजलाई दुःख दिने रैछ । काका बोलाएको समयमा नआउने, भतिज आएको बेला नआउने, कहिले बोलाएको भोलिपल्ट आउने । पछि उहाँले पासचाहिँ गरिदिनुभयो । यहाँ अर्को कुरा पहिलाको घरमा नागरिकता बनाएका तर श्रीमान् बितेपछि अर्को विवाह गरेर गएका महिलाले नागरिकता पाउन गाह्रो रहेछ । कागजी कुरामा समस्या हुँदो रहेछ । श्रीमान्‌सँगको सम्बन्ध विच्छेदको कागजमा समस्या पर्दो रहेछ । लोग्नेको मृत्युदर्ता ल्याउन पनि समस्या पर्दो रहेछ । उनीहरूको समस्या बुझेर मैले स्थानीय पालिकालाई मृत्यु भइसकेको भनेर लेखिदिएपछि त श्रीमान्‌को मृत्य भएपछि महिलालाई विवाह गर्ने अधिकार त छँदै छ । किन लामो प्रोसेस गर्नु किन दुःख दिनु । अहिले यहाँ यसरी धेरैले नागरिकता लिएका छन् । अर्को कुरा एउटा मान्छे कुवेतमा बितेका रहेछन् । रोजगारका लागि पुगेका रहेछन् । लगभग ३९ हजार रकम परराष्ट्र हुँदै यहाँ आएर बसेको रहेछ । मैले नम्बर खोजेर मृतकको बालाई फोन गरे । उहाँ उपचारका लागि काठमाडौं पग्नुभएको रहेछ । मैले यसरी पैसा आएको छ भनेर जानकारी गराए । उहाँले नाताप्रमाणित प्रमाणपत्र ल्याएर आउनुभयो । हामीले बैंकमा पेस जम्मा गराइदियौं ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
के कुराले प्रेरित गर्‍यो भन्दा पनि निजामती सेवा प्रवेश गरेपछि दिने प्रेरणाहरूचाहिँ भिन्न छन् । निजमती सेवा सरकारले नागरिकलाई प्रदान गर्ने सेवाहरू प्रवाह गर्ने मेकानिजम हो । तसर्थ हामी यहाँ कुर्सीमा बस्दा म पनि नागरिक हुँ । यस्तै दुःख पाएर आएको छु भनेर सेवाग्राही बनेर उहाँहरूको मार्काहरू होला बुझ्ने गर्नुपर्छ । हाम्रो पुरानो चलन के छ भने मान्छेसँग नबोल्ने, झर्केर बोल्ने छ । त्यो भएर सेवाग्राही खुलेर पनि बोल्न नसक्ने अवस्था हुन्छ । तर उहाँहरूसँग कहाँबाट आउनुभयो, बस्नुस्, के समस्या भयो, छोरा कता छन् छोरी कतिवटा छन् यस्ता सामान्य कुरा गरेर काम हेरिदियो भने सेवाग्राहीमा अनौठो अनुभूति हुने रहेछ । त्यो गर्दा हामीलाई आत्मासन्तुष्टि पनि मिल्दो रहेछ र नागरिकलाई हामीले हेर्दा रहेछ भन्ने पनि अनुभूति हुने रैछ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पेसाको गौरव आफैंले बढाउनुपर्ने हो । पछिल्लो ट्रेन्ड हेर्दा नियम-विधि पटक-पटक परिवर्तन भएको छ । दीर्घकालीन असर हेरेर नीतिहरू नआउने भएकाले यही ठाउँमा लागेर आफ्नो क्यारिअरको उन्नति नहुने र नहुने ठाउँमा पनि भइरहेको अवस्था छ । यो राज्यको नीतिले फरक पर्छ ।

कालीकोट जिल्लाको शान्ति-सुरक्षाको अवस्था अहिले कस्तो छ ?
कालीकोटको शान्ति-सुरक्षाको अवस्था एकदम राम्रो छ । राजनीतिक दलहरू आ-आफ्नो कार्यक्रम लिएर जनताको माझ पुगिरहेको अवस्था छ । यद्यपि आफ्नो स्वार्थका लागि जनतामा प्रभाव राख्न र्‍याली गर्ने जुलुस गर्ने गरिरहनुभएको छ । हामी त्यसमा सतर्क छौं । तर कुनै अप्रिय घटना भने भएको छैन हुने अवस्था पनि छैन ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
यहाँले निजामती र समग्र कालीकोटको अवस्थाबारे जानकारी लिनुभयो । हामी सरकारको प्रतिनिधि जस्तो भए पनि नागरिक सेवामा भएका सबै राष्ट्रसेवक कर्मचारीले आफ्नो हितभन्दा पनि नागरिकलाई कसरी सहज गराउने भनेर सकारात्मक सोच राखेर काम गर्नुपर्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि सुदूपश्चिम प्रदेशको बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसँग कुराकानी गरेका थियौं । यसपटक हामीले कर्णाली प्रदेशको पहाडी जिल्ला कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

राजेन्द्रदेव पाण्डे, प्रजिअ, बैतडी ‘सेवाग्राहीको समस्या बुझ्न लाइनमै पुग्छु’

ढुण्डीप्रसाद निरौला, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

पुण्यप्रसाद ढकाल, प्रजिअ, पाँचथर – ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

हरिप्रसाद घिमिरे, प्रजिअ,  डडेलधुरा – ‘प्रशासन भनेको आशाको धरोहर हो’

जयनारायण आचार्य, प्रजिअ,  सप्तरी – ‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’

लक्ष्मीदेवी होमागाईं खतिवडा, प्रजिअ,  सल्यान – ‘सेवाग्राहीलाई सन्तुष्टि दिने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’

बन्धुप्रसाद बास्तोला, प्रजिअ, धनुषा – सेवाग्राहीका समस्या समाधानमा ‘डेडिकेटेड’ छु

प्रतिक्रिया