बुधबार, वैशाख १२, २०८१

‘छिटो–छिटो सरुवाले कार्यसम्पादनमा असर त पर्छ नि’

नेपालखोज २०७८ असोज ११ गते ९:४५

सरकार परिवर्तन हुँदा सीडीओको पनि थोरबहुत फेरबदल भएको देखिन्छ ।

प्रदेश १ को पहाडी जिल्ला भोजपुर । भोजपुरको प्रशासनिक नेतृत्व अहिले इस्मा गाउँपालिका, ४ गुल्मीका कृष्णप्रसाद भण्डारीको काँधमा छ । २०७७ पुस ९ गतेदेखि भोजपुर जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भण्डारी कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, निजामती सेवा प्रवेशलगायत विषयमा कुराकानी गर्न प्रजिअ भण्डारीलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा ३१ वर्ष बिताइसकेका छन् । भोजपुरका प्रजिअ भण्डारी यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्ययागमन कार्यालयमा कार्यरत थिए ।
चाँडो–चाँडो प्रजिअको सरुवा हुँदा कार्यसम्पादनमा थोरबहुत प्रभाव पर्नु स्वभाविक हुने भण्डारी बताउँछन् । ‘सरकार परिवर्तन हुँदा सीडीओको पनि थोरबहुत फेरबदल भएको देखिन्छ,’ प्रजिअ भण्डारीले नेपालखोजसँग भने, ‘सरुवाले कार्यसम्पादनमा असर त पर्छ नै मैले गरिरहेको काम अर्काे व्यक्ति आएर सम्हाल्दा असर पर्नु स्वभाविक हो ।’
भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो नयाँ अंक :

हाइलाइट्स :

–जिल्लामा कोभिड संक्रमण घट्दो क्रममै छ । परीक्षण पनि भइरहेको छ । सन्तोषजनक स्थिति छ ।
–कोरोना रोकथाम गर्न बजारमा हिँडडुल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइरहेको अवस्था छ । मास्क खै ? मास्क लगाउनुपर्छ भन्ने अभियान चलाइरहेका छौं ।
–यो वर्ष बाढी–पहिरोको तथा प्रकृतिक प्रकोपको अवस्था त्यस्तो छैन । गत वर्ष मनसुनजन्य विपतबाट केही घरहरू क्षति भएको थियो । जिल्लामा गत वर्षको भन्दा बढी वर्षा भएको तर विपतको घटना कम भएको छ ।
–म यो जिल्लामा आएदेखि नै नागरिकमैत्री सेवा प्रदान गर्ने हिसाबले अगाडि बढें । म आएपछि वडा स्तरमा संघीय प्रदेश र स्थानीय तहका सबै कार्यालयको नागरिक बडापत्र कम्पाइल गरेको छु । केही दिन अगाडि मैले सार्वजनिक पनि गरेको छु ।
–कुन कार्यालसँग हामीले सेवा लिने, कुन कार्यालयमा जाँदा के–के कागजात पेस गर्नुपर्छ, कस्तो–कस्तो खालको सिफारिस पेसगर्नुपर्ने हो, कति दस्तुर तिनुपर्छ त्यो कुरा वडा तहमा थाहा भयो भने सुरुदिनमै धेरै नागरिकले सेवा पाउने र सिफारिस लिने हुँदा वडा तहमा नागरिक बडापत्र पुगिरहेको अवस्था छ ।
–जिल्ला प्रशासन कार्यालयलगायतले के–के सेवा दिइरहेका छौं, नागरिकले कस्तो सेवा पाइरहनुभएको रहेछ उहाँको फिडब्याक लिने र जनप्रतिनिधिलाई पनि हामीले दिने सेवाबारे ओरेन्टिएसन गर्ने भन्ने हिसाबले एक दुईवटा पालिका बर्खा र विगत भएको कारण जान सकिएन यीबाहेक अरू सबै पालिकामा प्रोएक्टिभ भएर ओरेन्टिएसन कार्यक्रम पनि सञ्चालन गरेको छु ।
–सरकारी कार्यालयहरूको वडा तहमा पुग्नेगरी मालपोत र नापी कार्यालय हुँदै ५ वटा कार्यालयको अनुगमन हामीले गरेका छौं । सेवाग्राहीले कहाँ समस्या पाउनुभयो, कार्यालय कस्तो हुनुपर्ने, कसरी सेवा प्रदान गर्नुपर्ने हो, गुनासोको सुनाइ कतिको भएको छ यसबारेमा फिडब्याक लिएका छौं ।
–२३३ दिनपछि ४६६ दिनभित्रमा सरुवा गर्ने हाम्रो नीति हो ।
–सरकार परिवर्तन हुँदा सीडीओको पनि थोरबहुत फेरबदल भएको देखिन्छ । छिटो–छिटो सरुवाले कार्यसम्पादनमा असर त पर्छ नै मैले गरिरहेको काम अर्काे व्यक्ति आएर सम्हाल्दा असर पर्नु स्वभाविक हो ।
–म अहिलेसम्म जहाँ बसेको छु त्यहाँ कानुनसम्मत काम गरेको छु । अहिलेसम्म यो जिल्लामा कसैले पनि प्रेसर दिनुभएको छैन ।
–यो निषेधाज्ञाको समयमा ४–५ घण्टा हिँडेर पुग्ने ठाउँमा ९६ वर्षीया आमालाई सेवा प्रदान गरे । उहाँले आँशु खसाल्नुभयो । उहाँको यो उमेरसम्म नेपाली नागरिकको पहिचान थिएन मैले मर्ने बेला सेवा पाएँ भनेर खुसी व्यक्त गर्नुभयो ।
–आफ्नै देशमा केही गरौं भन्ने भावना पनि विकसित भयो । त्यसैले निजामती सेवामा आकर्षित भएँ ।
–निजामती सेवामा नभएको भए शैक्षिक क्षेत्रमा लाग्छु भन्ने थियो । गाउँघरमा शिक्षक भइन्थ्यो होला । सानोदेखि नै शैक्षिक क्षेत्रमा लाग्छु भन्ने थियो ।
–आफ्नो पेसाप्रति सन्तुष्ट सधैं नभइने रहेछ । असन्तुष्ट हुनुपर्ने कारण पनि छैन । केही असन्तुष्टि भए पनि यसलाई सन्तुष्टिका रूपमा लिनुपर्छ ।
–भोजपुर जिल्लाको शान्ति–सुरक्षाको अवस्था सामान्य छ अहिले ।

भोजपुर जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
जिल्लामा कोभिड संक्रमणक घट्दो क्रममै छ । परीक्षण पनि भइरहेको छ । सन्तोषजनक स्थिति छ । बजारमा हिँडडुल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइरहेको अवस्था छ । मास्क खै ? मास्क लगाउनुपर्छ भन्ने अभियान चलाइरहेका छौं । विगतमा कोरोना परीक्षण कम थियो । हामीले परीक्षणको दायरा बढायौं । नाका–नाकामा हेल्थ डेक्स राखेका थियौं । हामीले अस्थायी कोभिड अस्पताल पनि स्थापना सञ्चालनमा ल्याएका थियौं । अहिले अवस्था सन्तोषजनक छ । कोभिड कम भयो अब हेलचेक्रयाईं हुन्छ भन्ने विषयमा हामी सचेत छौं ।

जिल्लामा मनसुनजन्य प्रकोपको अवस्था कस्तो छ ?
यो वर्ष त्यस्तो छैन । गत वर्ष मनसुनजन्य विपतबाट केही घर क्षति भएको थियो । अहिले पहिलो र दोस्रो किस्ताको रकम लाभग्राहीको सूचीकृत भएर आएको छ । प्रक्रियामा छौं । लागग्राहीलाई भुक्तानी दिने प्रक्रियामा छौं । यो जिल्लामा गत वर्षको भन्दा बढी वर्षा भएको तर विपतको घटना कम भएको छ । चट्याङबाट दुईजनाको मृत्यु भएको छ । त्योबाहेक त्यस्तो उल्लेखनीय विपतको घटना भएको छैन ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म आएदेखि नै नागरिकमैत्री सेवा प्रदान गर्ने हिसाबले अगाडि बढें । यससँगै कोभिड संक्रमण बढेका कारण केही समय हामीले दैनिक प्रदान गर्दै आएका सेवाहरू स्थगन पनि गर्‍यौं । म आएपछि वडास्तरमा संघीय प्रदेश र स्थानीय तहका सबै कार्यालयको नागरिक बडापत्र कम्पाइल गरेको छु । केहीअघि मैले सार्वजनिक पनि गरेको छु । अहिले लगभग सबै वडामा पुगिसकेको छ । वडा तहमा कम्तीमा जिल्लाको कुन कार्यालयको नागरिक बडापत्र हेर्न पाउनुपर्याे । कुन कार्यालसँग हामीले सेवा लिने, कुन कार्यालयमा जाँदा के–के कागजात पेस गर्नुपर्छ, कस्तो–कस्तो खालको सिफारिस पेस गर्नुपर्ने हो, कति दस्तुर तिनुपर्छ त्यो कुरा वडा तहमा थाहा भयो भने सुरुदिनमै धेरै नागरिकले सेवा पाउने र सिफारिस लिने हुनाले वडा तहमा नागरिक बडापत्र पुगिरहेको अवस्था छ । जिल्ला प्रशासन कार्यालयलगायतले के–के सेवा दिइरहेका छौं, नागरिकले कस्तो सेवा पाइरहनुभएको रहेछ उहाँको फिडब्याक लिने र जनप्रतिनिधिलाई पनि हामीले दिने सेवाबारे अभिमुखीकरण गर्ने भन्ने हिसाबले एक–दुईवटा पालिका बर्खा र विगतमा पनि भएको कारण जान सकिएन । यीबाहेक अरू सबै पालिकामा प्रोएक्टिभ भएर अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरेको छु । यो नागरिक बडापत्र प्रकाशन र उपयोगले पनि केही सुधार भएकोे छ । आज मैले सरकारी कार्यालयहरूको वडा तहमा पुग्ने गरी मालपोत र नापी कार्यालय हुँदै पाँचवटा कार्यालयको अनुगमन पनि गरेका छौं । सेवाग्राहीको विचार के छ भनेर सर्वेक्षण फारामसहित हामी त्यहाँ पुगेका छौं । यसको एक–दुई महिना लाग्ला सबै कार्यालयको रिपोर्ट लिन कम्पाइल गरेर सेवाग्राहीले कहाँ समस्या पाउनुभयो, कार्यालय कस्तो हुनुपर्ने, कसरी सेवा प्रदान गर्नुपर्ने हो, सूचना कति माग्नुभएको छ । गुनासोको सुनाइ कतिको भएको छ । यीलगायत कुरा हामी गर्दै छौं । यसको सुरुवात असोज ६ गतेदेखि मैले गरेको छु ।

संघीयताअघि र संघीयतापछि निजामती सेवाको कार्यसम्पादन शैलीलाई कसरी लिन सकिन्छ ?
कर्मचरीमा के छ भने, विगमा जस्तो एउटै संघीय सरकार मातहातबाट सबै हुन्थ्यो, स्थानीय तहहबाट केही पदपूर्ति भएको थियो । त्योबाहेक समग्रमा एउटैखालको सेवामा हामी निजामती कार्मचारी कार्यरत थियौं । सुरुमा कन्फ्युज थियो । हामीमा संघमा बसेको भए हुन्थ्यो कि प्रदेशमा गएको भए हुन्थ्यो कि भन्ने खालको अन्योल सुरुमा थियो । तर अहिले त्यस्तो खालको अवस्था छैन । ढुक्कको साथ काम गरेको अवस्था छ अहिले ।

प्रमुख जिल्ला अधिकारीको सरुवा छिटो–छिटो हुँदा कार्यसम्पादनमा कस्तो असर पर्छ ?
सामान्यतः २३३ दिनपछि ४६६ दिनभित्रमा सरुवा गर्ने हाम्रो पहिलादेखिकै नीति हो । त्यो अवधिभित्र सरुवा गर्दा सामान्यतः त्यस्तो धेरै अप्ठ्यारो मान्नुपर्ने स्थिति त छैन । अहिले भर्खरैको कुरा गर्दा त्यस्तो फेरबदल भएको स्थिति पनि छैन । सरकार परिवर्तन हुँदा थोरै–थोरै फेरबदल भएको देखिन्छ । सरुवाले कार्यसम्पादनमा असर त पर्छ नै । मैले गरिरहेको काम अर्काे आएर सम्हाल्दा असर त पर्छ । कामको स्थिति बुझ्नै केही समय लाग्छ । कम्तीमा एक वर्ष बस्ने व्यवस्था भए अलि बढी काम हुने थियो कि । जिल्लामा केही थप काम हुन्थ्यो कि, भन्ने मलाई लाग्छ ।

कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
कार्यशैलीअनुसार पनि हुने होला । म अहिलेसम्म जहाँ बसेको छु त्यहाँ कानुन–सम्मत नै काम गरेको छु । अहिलेसम्म यो जिल्लामा कसैले पनि प्रेसर दिनुभएको छैन । नियमअनुसार हुने काम मैले गरेको नै छु । मैले त्यस्तो दबाबको महसुस गरेको छैन ।

आफूले गरिदिएको कामबाट निकै खुसी भएको, सेवाग्राही र आफूलाई पनि निकै आत्मसन्तुष्ट भएको कुनै स्मरणीय घटना छ कि ?
म यहाँ आएपछि यो निषेधाज्ञाको बीचमा एकजना अपांगता भएका व्यक्तिलाई सेवा प्रदान गरें । यसअघि मैले ९० वर्षको एकजना आमा हुनुहुन्थ्यो उहाँ नागरिकताविहीन हुनुहुन्थ्यो मैले उहाँलाई नागरिकता प्रदान गरें । यो निषेधाज्ञाको समयमा ४–५ घण्टा हिँडेर पुग्ने ठाउँमा ९६ वर्षको आमालाई सेवा प्रदान गरें । उहाँले आशु खसाल्नुभयो । उहाँले यो उमेरसम्म नेपाली नागरिकको पहिचान थिएन मैले मर्ने बेला सेवा पाएँ भनेर जुन खालको भाव व्यक्त गर्नुभयो । मलाई यसले निकै आत्मसन्तुष्ट दियो ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
म स्कुल पढ्दा मेरो दाजुहरू निजामती सेवाकै लागि भनेर पढ्न काठमाडौं आउनुभएको थियो । एकजना दाजु निजामती सेवामा लागिसक्नुभएको थियो । एउटा दाजु उहाँकै प्रेरणाले काठमाडौं आउनुभएको थियो । म आउँदा उहाँ पनि सेवामा लागिसक्नुभएको थियो । उहाँहरूको प्रेरणाले पद्दा–पढ्दै यसतर्फ आकर्षण भयो । आफ्नै देशमा केही गरौं भन्ने भावना पनि विकसित भयो । त्यसैले यसतर्फ आकर्षित भएँ ।

निजामती सेवामा नआएको भए तपाईं कुन क्षेत्रमा प्रवेश गर्नुहुन्थ्यो ?
मेरो त्यस्तो अनुमानचाहिँ केही थिएन । शैक्षिक क्षेत्रमा लाग्छु भन्ने थियो । गाउँघरमा शिक्षक भइन्थ्यो होला । सानोदेखि नै शैक्षिक क्षेत्रमा लाग्छु भन्ने मलाई लागेको थियो ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पेसाप्रति सन्तुष्टि सधैं नहुने रहेछ । असन्तुष्ट हुनुपर्ने कारण पनि छैन । मेरो तलब यति हुन्छ मैले जीविका चलाउँछु परिवार पाल्छु भन्ने सोचेर यस क्षेत्रमा प्रवेश गरेका हुनाले धेरै असन्तुष्टचाहिँ हुनु हुँदैन । सन्तुष्ट भयो भने पनि प्रगति हुँदैन । केही असन्तुष्टि भए पनि यसलाई सन्तुष्टिका रूपमा लिनुपर्छ ।

निजामती सेवामा आएर यो पाएँ, यो गुमाएँ भन्ने केही छ ?
जीवनमा मृत्युवरण गर्दा कुनै पश्चाताप गर्नु हुँदैन भन्ने सोच राख्ने मान्छे हो म । यो कुरा गर्न बाँकी छ, यो कुरा गर्नुपथ्र्यो, मैले यो निर्णय गर्न सक्थे यो सोच पछिसम्म हुने गरी हामीले काम कारबाही अगाडि बढाउनु हुँदैन । त्यो हिसाबको सकात्मक सोच भएको कारणले मलाई त्यस्तो छैन ।

भोजपुर जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
शान्ति–सुरक्षाको अवस्था सामान्य नै छ अहिले । हामी कोभिड नियन्त्रणको काममा लागि पर्‍यौं । सतर्क भएर दिनरात खट्यौं । हामी छिमेकी जिल्लाभन्दा सुरक्षित पनि भयौं । जिल्लाभर १० जनाभन्दा बढीको मृत्यु भएन । जिल्लाको अवस्था सामान्य नै छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
मलाई सम्झेर जुनखालको महत्त्व दिनुभयो, मेरो भावना विचार राख्न मौका दिनुभयो त्यसको लागि तपाईं र नेपालखोज परिवारलाई धन्यवाद दिन चाहन्छु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि लुम्बिनी प्रदेशको बर्दिया जिल्लाका प्रजिअ सन्तबहादुर सुनारसँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश १ को भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

सन्तबहादुर सुनार, प्रजिअ, बर्दिया ‘हाम्रोपालामा लोकसेवाको गुरु भनेकै रेडियो’

कृष्णप्रसाद आचार्य, प्रजिअ, कालीकोट – ‘पेसाको गौरव आफैंले बढाउनुपर्छ’

राजेन्द्रदेव पाण्डे, प्रजिअ, बैतडी ‘सेवाग्राहीको समस्या बुझ्न लाइनमै पुग्छु’

ढुण्डीप्रसाद निरौला, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

पुण्यप्रसाद ढकाल, प्रजिअ, पाँचथर – ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

हरिप्रसाद घिमिरे, प्रजिअ,  डडेलधुरा – ‘प्रशासन भनेको आशाको धरोहर हो’

जयनारायण आचार्य, प्रजिअ,  सप्तरी – ‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’

लक्ष्मीदेवी होमागाईं खतिवडा, प्रजिअ,  सल्यान – ‘सेवाग्राहीलाई सन्तुष्टि दिने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’

बन्धुप्रसाद बास्तोला, प्रजिअ, धनुषा – सेवाग्राहीका समस्या समाधानमा ‘डेडिकेटेड’ छु

प्रतिक्रिया